नेपालका प्रदीप खनालले एकै वर्षमा ४ सय ५० वटा तीर्थस्थल भ्रमण गरेर आफू विश्वमै पहिलो व्यक्ति भएको दावी गरेकाछन् । काठमाडौं कलंकीका खनाल गत जुलाई अन्तिममा ४ सय ५० वटा तीर्थस्थल भ्रमण पूरा गरेपछि चर्चामा छन् । बिश्व रेकर्ड राख्नेमा की शंकाराचार्यको नाम आउँछ की गुरु नानक देवको । प्रसिद्ध सनातनी धर्मका गुरुहरूले शंकराचार्य र नानक देवपछि तेस्रो व्यक्ति भन्दै खनालको नाम लिने गरेकाछन् । भारतका प्रसिद्ध जगतगुरु स्वामी ऋषिपाल आनन्दले पनि खनालले सयौं वर्षपछि विश्वमा आजसम्म कसैले नगरेको तीर्थयात्रा एकै वर्षमा पूरा गरेका बताएकाछन् । शंकराचार्य र नानक देवपछि नेपालका प्रदीप खनालले यतिका तीर्थस्थलको भ्रमण पूरा गरेको भारतकै कल्की अवतार भगवानले पनि दाबी गरेकाछन् । भारतको मणिस्तान शिव मन्दिरको अन्तिमपटक भ्रमण गरेर नेपाल फर्केपछि खनालले आफूले ४ सय ५० औं तीर्थस्थल यात्रा सम्पन्न गरेको जानकारी दिए ।

उन्ले बधाई तथा शुभकामना आइरहेका र विश्वमै मैले पहिलोपटक यो यात्रा पूरा गरेकोमा विश्वप्रसिद्ध धर्मगुरुहरूले पनि आफ्नो नाम लिई रहेको बताए । उन्ले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा आफूलाई दर्ज गर्न प्रयासरत् रहेको पनि बताए । खनाल धार्मिक तथा सांस्कृतिक अभियन्ता पनि हुन् । उनी अन्तर्राष्ट्रिय मैत्री समाजका अध्यक्ष पनि हुन् ।
धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न भनी सुरूमा नेपालबाट तीर्थयात्रामा निस्किएका खनालले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र चीनको तिब्बत गरी छ वटा राष्ट्रका ४ सय ५० तीर्थस्थलको भ्रमण सकाएको बताए । उनले सन् २०२३ को जुलाई महिनामा पशुपतिनाथको दर्शन गरी यात्रा प्रारम्भ गरेका थिए । सुरूमा भ्रमणमा निस्किँदा उनले ५२ शक्तिपीठ र १२ ज्योतिर्लिङ्गको दर्शन गर्ने लक्ष्य राखेका थिए । प्रसिद्ध धार्मिकस्थलको दर्शन गर्ने प्रेरणा जगायो,’ उनले भने, ‘त्यसपछि म आफ्नो यात्रामा एकाग्र भएर लागें।’

 

खनालले चार वटा आदि शक्तिपीठ, १८ वटा महाशक्तिपीठ, ५२ वटा शक्तिपीठ, १ स ८ वटा सिद्धपीठ, चार धाम, सप्तपुरी, बारा ज्योतिर्गलिङ्ग, बुद्ध धर्मका १३ तीर्थस्थल, सिख धर्मका ११ वटा, अन्य २३ ठाउँ मानसरोबरदेखि कन्याकुमारी, पर्शुराम कुण्डदेखि अमरकन्टक, पाकिस्तानको हिङ्गलाज शक्तिपीठको अनिलकुण्डसम्म पुगेर स्नान गरेकाछन् । यस्तै, पाकिस्तानकै कटासराजको ६ हजार वर्ष पुरानो शिवलिंग, नैनासारान्याको चक्रवर्ती प्रयागराजको त्रिदेवीसम्म दर्शन गरेको खनालले बताए । यसैमा खनालले भगवान शिवकी पत्नी सतीदेवीको अंग पतन भएका १ सय १६ तीर्थस्थलको भ्रमण गरेको बताए । विश्वमा सतीदेवीको अंग पतन भएका ठाउँबारे विवाद छन् ।

खनालको भ्रमणबारे सिलिगुडीका धर्मगुरु आचार्य मुक्तिनाथ अधिकारीले भनेका छन्, ‘सायद, यतिको भ्रमण दुई तीन महापुरुषले मात्र गरेका छन् । श्रीलंकाका हिन्दुवादी धार्मिक अभियन्ता बालाजीले खनालको भ्रमणबारे भनेका छन्, ‘असम्भव भन्ने केही छैन, यो कठिन यात्रा इतिहासमा दर्ज हुने छ, आगामी पुस्ताको लागि अध्ययन अनुसन्धानको सोच बन्छ र सबैलाई भ्रमणले प्रेरित गर्ने छ।’
यस्तै, दिल्लीका सामाजिक कार्यकर्ता चमन शर्माले खनालले ‘आजसम्मको सनातन धर्म इतिहासमा कसैले पनि गर्न नसकेको काम’ भनेका छन्। पशुपतिनाथका भट्ट रावल गणेशले खनालको भ्रमणको श्रीगणेश गरेका थिए । ४ सय ५० तीर्थस्थलको भ्रमण पूरा गर्दा उनलाई मंगेश भागवत र श्रीडिकी विनिता लेप्चाले साथ दिएका थिए । भ्रमण पूरापछि उनले आगामी सन् २०२५ फेब्रुअरीमा बनारसमा तीन दिने शिवशक्ति समागम अनुष्ठानको आयोजना गर्न लागेका छन्। यसका लागि उनले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग छलफल गरेका छन्। खनालले यो तीर्थयात्रा नेपालको धार्मिक पर्यटन प्रवर्द्धन तथा विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउनका निम्ति गरेको बताए । भ्रमणका क्रममा आफूले सात वटा राष्ट्रका प्रमुखहरूसँग नेपालको धार्मिक पर्यटन विकास र श्रीवृद्धिबारे कूटनीतिक रुपमा भेटेर कुराकानी गरेको पनि खनालले बताए । एक वर्षको यात्राको पूर्णता आफूले व्यक्तिगत लगानीमा सम्भव पारेको खनालले बताए। खनालले भारतका प्रसिद्ध आदि जगत गुरु शंकराचार्य र गुरु नानक देवको कारण आफूले तीर्थयात्रामा प्रेरणा पाएको भन्दै उनीहरूप्रति उच्च सम्मान रहेको बताए ।

बिहिबार, ३१ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे