पर्वतमा गत आर्थिक वर्षमा ५५ वटा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्लामा सञचालित पर्यटन तथा उद्योग कार्यालय पर्वतले जिल्लाका सात पालिकामा गरी ५५ वटा पूर्वाधारका योजना सम्पन्न गरेको हो । बजेट विनियोजन भएका ५६ वटा योजनामध्ये एक योजनाको ढिला सम्झौता भई काम सम्पन्न हुन नसकेको कार्यालय प्रमुख अशोक नेपालीले जानकारी दिए ।

कार्यालय प्रमुख नेपालीका अनुसार जिल्लाभर ३१ वटा पदमार्ग निर्माण गरिएको छ । गत आर्थिक वर्षमा मात्रै ३१ स्थानमा गरी ६ किलोमिटर, ३१९ मिटर लामो पदमार्ग निर्माण गरिएको हो । त्यसैगरी १९ वटा धार्मिक पर्यटकीयस्थलमा मर्मत, सम्भार, पुनर्निर्माण तथा नयाँ संरचना निर्माण गरिएको कार्यालयले जनाएको छ भने तीनवटा पार्क र दुईवटा सामुदायिक प्राकृतिक संरचना निर्माण गरिएको छ ।

कार्यालयका अनुसार कुश्मा नगरपालिकामा २८, फलेवासमा आठ, मोदी गाउँपालिकामा आठ, पैंयूमा चार, जलजलामा चार, विहादीमा दुई र महाशिला गाउँपालिकामा दुई स्थानमा पूर्वाधार बनाइएको हो । पर्यटन पूर्वाधार निर्माणका लागि गत आर्थिक वर्ष विसं २०८०/०८१ मा तीन करोड ९० लाख रुपैयाँ विनियोजन भएको थियो । जसमध्ये तीन करोड ५९ लाख रुपैयाँ खर्च भएको कार्यालय प्रमुख नेपालीले जानकारी दिए ।

नेपालीका अनुसार पूर्वाधार निर्माणपछि पर्यटकीय स्थलसम्म जान आउनका लागि सहज भएको छ भने पर्यटकीय स्थलहरू आकर्षक देखिनुका साथै पर्यटकलाई अवलोकनका लागि सहज भएको छ । पर्यटकीय संरचनामा मन्दिर निर्माण, तथा जीर्णोद्धार र रङ्गरोगन, विश्रामस्थल निर्माण, पदमार्ग, सामुदायिक भवन, उद्यान, बगैचा तथा पार्क निर्माणलगायतका संरचना बनाइएको थियो ।

पछिल्लो समय साहसिक पर्यटनको हब बन्दै गएको पर्वत सदरमुकाम कुश्माबजारमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा रहेका पर्यटकीयस्थलमा समेत पुर्‍याउन सकियोस् भन्ने उद्देश्यले ग्रामीण क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा पूर्वाधार थप गरिएको हो । पर्वतका सातवटै पालिकामा गरी ६२ वटा घरबास सेवासमेत सञ्चालनमा छन् ।

कार्यालयका अनुसार कुश्मा नगरपालिकामा ११, फलेवास नगरपालिकामा पाँच, मोदी गाउँपालिकामा १९, जलजला गाउँपालिकामा ६, महाशिला गाउँपालिकामा नौ, पैंयुँमा तीन र विहादीमा सातवटा होम–स्टे सेवा सञ्चालनमा छन् । यी सामुदायिक होम–स्टे हुन् भने दुईवटा निजी होम–स्टेसमेत सञ्चालनमा रहेको कार्यालय प्रमुख नेपालीले बताए । यसबाहेक जिल्लामा सञ्चालित सामाजि विकास कार्यालयले पनि विभिन्न मठमन्दिर र पर्यटकीय क्षेत्रमा विभिन्न पूर्वाधार निर्माणमा काम गरेको जनाएको छ ।

पर्यटकीय पूर्वाधारले होम–स्टेमा आउने पर्यटकलाई समेत सुविधा पुगेको छ भने थप आकर्षणसमेत थपेको उनको विश्वास छ । योसँगै जिल्लामा भित्रिने बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरी जिल्लामै उत्पादित वस्तु तथा सामानको बजारीकरण गर्ने उद्देश्यले कोसेली घरसमेत सञ्चालन गरिएको छ । पाँच लाख रुपैयाँको लागतमा उद्योग वाणिज्य संघनजिकै कोसेली घर सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयमा स्थापना कालदेखि हालसम्म दर्ता भएकामध्ये एक हजार २३२ वटा उद्योग खारेज भएका छन् । उद्योग ७२१ र वाणिज्यतर्फका ५११ वटा फर्म खारेज भएका हुन् । अब जिल्लामा उद्योग र वाणिज्य गरी ६ हजार ४९१ उद्योग तथा वाणिज्य फर्म कायम छन् । कार्यालयले गत आर्थिक वर्ष २०८०/०८१ मा ९७ दशमलव ७७ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ भने वित्तीय प्रगति ८७ प्रतिशत रहेको छ ।

शुक्रबार, २५ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान