नवलपरासी (बर्दघाट‐सुस्ता-पश्चिम ) स्थित नारायणी नदीमा सुस्ता जोड्ने गरी झोलुङ्‍गे पुल निर्माण भएको छ।

सुस्ता गाउँपालिका‐५ पक्लिहवास्थित नारायणी नदीमाथि निर्माण गरिएको पुलको निर्माणसँगै यहाँ आन्तरिक पर्यटकीय गतिविधि बढ्न थालेका छन्।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका इञ्जिनियर प्रवेत रेग्मीले पुलको भौतिक काम सम्पन्न भए पनि औपचारिक रूपमा उद्घाटन नहुँदै त्यहाँ पुल हेर्न आउनेहरूको घुइँचो लाग्ने गरेको बताए।

उनका अनुसार २३ करोड ६५ लाख ९८ हजार आठ सयको लागतमा निर्माण भएको पुल एक हजार पाँच सय ७१ मिटर लामो र एक मिटर ६० सेन्टिमिटर चौडा छ।

सुुस्ता‐५ का वडाध्यक्ष प्रभु यादवले पुल निर्माणपछि यहाँका स्थानीय उत्साहित भएका बताए। ‘पुल निर्माणपछि हामी सबै उत्साहित छौँ। हाल स्थानीयसँगै छिमेकी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका नागरिक पनि पुलको अवलोकनका लागि आउने गरेका छन्। अहिले त यहाँ मेलाजस्तै भिडभाड हुने गरेको छ’, उनले भने, ‘पुल निर्माणपछि आवतजावतमा मात्रै होइन पर्यटकीय गतिविधि बढ्न गइ आर्थिक रूपमा लाभ पुग्ने अपेक्षा गरेका छौँ।’

यो पुल देशमै लामो भनेर प्रचारप्रसार भएपछि पनि धेरैको आकर्षण बढेको हो। यसअघि मधेस प्रदेशको सिराहा नगरपालिका-१३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका-६ कठाल, धनुषा जोड्ने गरी निर्माण गरिएको कठाल-मल्हनिया-मल्टिस्पान झोलुङ्‍गे पुल नेपालकै सबैभन्दा लामो भनिएको थियो। उक्त पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर छ।

पाल्हीनन्दन‐४ निवासी सन्दीप धवल नेपालकै लामो झोलुङ्‍गे पुल बनेपछि पर्यटकीय गन्तव्य बन्ने भन्दै आफूहरू उत्साहित बनेको बताउँछन्।

‘सुस्ता भनेपछि सधैँ दुःखका कुरा मात्रै हुन्थे। अब पुल बनेपछि नारायणी नदीको अवरोध छिचोल्न सहज भएको छ। हालको जस्तै आन्तरिक पर्यटकको आकर्षण कायम रहे यस क्षेत्रका जनताको आर्थिक विकासमा टेवा पुग्नेछ’, उनले आशा व्यक्त गरे।

हाल दिनहुँ यहाँ सयौँ मानिसको घुइँचो लाग्ने गरेको छ। पुल अवलोकनका लागि आउने युवायुवतीले तस्बिर खिचाउँदै गरेको दृश्यले मनै लोभ्याउने गरेको धवलले बताए। रासस

बिहिबार, २४ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो