जुम्लाको तिला गाउँपालिकाले काँचो स्याउ टिप्न निर्यातमा रोक लगाएको छ । साउन दोस्रो तेस्रो साताबाट जुम्लाको काँचो स्याउ लुकिछिपी बाहिरी जिल्लामा लिने भएकाले काँचो स्याउ टिप्न र निर्यात गर्नमा रोक लगाएको हो ।

अर्गानिक स्याउ उत्पादनको केन्द्र मानिएको जुम्लाबाट किसान र व्यापारीले क्षणिक लाभका लागि काँचो स्याउ बजारमा लिने गरेका छन् । जसका कारण अर्गानिक तथा स्वादिष्ट स्याउको परिचय पाएको जुम्लाको पहिचानै खतरामा पर्ने गरेको छ । मोटो रकम नाफा खाने दाउमा जुम्लाबाट हरेक वर्ष काँचो स्याउ निर्यात हुने गरेको छ । तर यस वर्ष तिला गाउँपालिकाले आगामी भदौ पहिलो साताभन्दा अगाडि स्याउ टिप्न रोक लगाएको छ ।

गाउँपालिकाको निर्णयअनुसार भदौ ५ गतेभन्दा अगाडि स्याउ संकलन तथा निकासीमा रोक लगाएको तिला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जंगबहादुर बस्नेतले बताए । उनले भने, ‘तिलाका एकदेखि नौवटा वडाकै स्याउ किसानलाई काँचो स्याउ नटिप्न अनुरोध गरेका छौं । प्रत्यक्ष निगरानी पनि राख्ने छौं । अटेरी गरेर कसैले काँचो स्याउ निकासी गर्न खोजे पालिकाले कारबाही गर्नेछ ।’ जुम्लाबाट सबैभन्दा अगाडि तिलाबाटै स्याउ निर्यात हुने गरेको छ ।

भदौ पहिलो सातापछि कृषि विकास शाखाको र वडाको सिफारिस लिएर मात्र स्याउ जिल्लाबाहिर निर्यात गर्न मिल्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत बस्नेतले उल्लेख गरे । स्याउले भर्खर कलर हालेर गुलियोपना भरिँदै छ । तर गाउँगाउँमा व्यापारी पुगिसकेका छन् । किसान पनि राम्रो मूल्य पाइने सोचमा बिक्री गर्ने मनसायमा छन् । हरेक वर्ष काँचो स्याउको निर्यात रोक्ने छलफल र निर्णय भए पनि रोक्न भने चुनौती देखिएको छ ।

पछि राम्रो मूल्य नपाइने र घरमै थन्काएर राख्नुपर्ने बाध्यताले छिटै टिपेर निर्यात गर्ने गरेको किसानको भनाइ छ । यद्यपि, स्थानीय सरकारले स्याउ खरिदको जिम्मा लिएको खण्डमा असोजसम्म पनि बोटमै राख्न तयार रहेको किसान बताउँछन् । जुम्लाका करिब १९ हजार घरधुरी स्याउखेती गरिरहेको सरकारी तथ्यांक छ । यहाँका आठै पालिकामा स्याउखेती हुन्छ ।

तर अधिकांश किसानलाई स्याउ बगैंचा व्यवस्थापनबारे ज्ञान नहुँदा श्रमअनुसारको लाभ लिन सकेका छैनन् भने स्याउ किसानलाई ढुवानीमा सहुलियतदेखि मलजल तथा बगैंचा व्यवस्थापनबारे स्थानीय तहले पनि पर्याप्त सीपसहित प्रविधि दिन सकेको छैन । जुम्लामा ग्रेडिङ मेसिन पनि छैन । जसका कारण जुम्लाको स्याउ हचुवामै बिक्री हुने र करोडाैं आम्दानी गर्न सकिने सम्भवना भए पनि किसानले घाटा खानुपर्ने बाध्यता छ ।

बुधबार, १६ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे