file photo

जुम्लामा सरकारी अनुदानको खाद्यान्न अभाव भएको छ । ढुवानीको चामल नपुगेको र गोदाम रित्तिँदै गएपछि सर्वसाधारणका लागि अनुदानको खाद्यान्न बिक्री रोकिएको हो ।

यद्यपि विपद्, कारागार, जन्म मृत्युका लागि झण्डै १४ सय क्विन्टल चामल मौज्दात रहेको छ । व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा जुम्लाले ढुवानी नभएसम्मका लागि सर्वसाधारणका लागि खाद्यान्न बिक्री रोकिएको सूचना जारी गरेको छ । विपद् बाहेक नियमित बिक्री गर्ने खाद्यान्न सकिएपछि केही समयका लागि बिक्री रोकिएको जुम्ला शाखा प्रमुख सन्तोष तिवारीले बताए ।

उनले भने, ‘हाल गोदामनै खाली भएको भन्ने होइन । अविरल वर्षा जारी रहेकोले कति बेला विपद् आउने टुंगो छैन । कारागार, सरकारले तोकेकोलाई अनिवार्य दिन र जन्म मृत्युका लागि करिब १४ सय क्विन्टल खाद्यान्न मौज्दात छ ।’ गत आर्थिक वर्ष २०८०–८१ का लागि स्वीकृत वार्षिक कोटा सात हजार ५ सय रहेकोमा हालसम्म सबै कोटा ढुवानी भइसकेको छ । सुर्खेत, राजापुर, नेपालगन्जबाट आउने सबै खाद्यान्न आइसकेको र थोरै आउन बाँकी चामल यही १९ गतेसम्म आइपुग्ने भएकोले २० साउनबाट वितरण गरिने तिवारीले बताए ।

चालु आर्थिक वर्षका लागि साउन २५/२६ गते टेण्डर आह्वान गरी भदौ पहिलो सातासम्म नयाँ आर्थिक वर्षको स्वीकृत कोटाअनुसार ढुवानी सुरु हुने व्यवस्था रहेको व्यापार कम्पनीले जनाएको छ । सर्वसाधारणलाई रोकिए पनि जन्म मृत्युको लागि नियमित बिक्री भइरहेको छ । गत साउन ९ बाट जुम्लामा सरकारी अनुदानको खाद्यान्न बिक्री बन्द भएपछि सर्वसाधारण मारमा परेका छन् ।

बुधबार, १६ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !