file photo

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्यात प्रवर्द्धनका लागि कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक नीतीगत र संरचनागत परिवर्तन गर्न सरकार तयार रहेको बताएका छन्।

तीसौँ कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्डस् एसोसिएसनद्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नयाँ सरकार बनेपछि जारी मौद्रिक नीतिले सरकार उद्यम व्यवसायलाई प्रोत्साहन गर्ने कुरा प्रमाणित गरेको उल्लेख गरे। व्यावसायिक काममा परेका समस्यालाई तत्काल समाधान गर्नका लागि सरकारलाई घच घच्याउनसमेत उनले आग्रह गरे।

सो अवसरमा उपप्रधानमन्त्री सिंहले गत वर्ष नेपालको कार्गो व्यवसायमा उल्लेखनीय योगदान गरेका सुन्दरप्रसाद दाहाल, आशिष गजुरेल, क्याथे कार्गो तथा नेपाल एयरलाइन्स लगायतका संस्था तथा व्यक्तिलाई सम्मान गरे।

कार्यक्रममा सांसद गणेश पराजुलीले नेपालको अतिकम विकसित देशबाट विकाशोन्मुख देशमा स्तरोन्नति हुँदै जाँदा निर्यातमा हाल पाउँदै आएका सुविधा खोसिन सक्ने भएकाले सरकार त्यसतर्फ हुनुपर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले कार्गो व्यवसायलाई विभिन्न अव्यावहारिक करले दुखः दिइरहेको उल्लेख गर्दै त्यसलाई हटाई निर्यात व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने बताए।

फ्रेट फरवार्डस् एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले मल्टी मोडेल ट्रान्सपोर्ट ऐन र नियमावलीमा समयनुकूल परिवर्तन गर्नुपर्ने बताए।

सोमवार, १४ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई