हिमा गाउँपालिकाको ५० प्रतिशत घरधुरीमा शुद्ध खानेपानीको पहुँच पुगेको छ । कुल दुई हजार ३७७ घरधुरीमध्ये एक हजार १६४ घरधुरीमा एक घर एक खानेपानीको धारा पुगेको हो । सुस्वा परियोजना र गाउँपालिकाको लगानीमा एक हजार १६४ घरमा (इनलाइन क्लोरिनेसन) गरेको शुद्ध पानी पुगेको हो ।

हिमा गाउँपालिका– ४ मा पर्ने जार्जी, सिम्तली, तलिकुडु, खेतु, सानो चिउडी, नुवाँ र ठूलो चिउडी गाउँका ४२७ घरमा एक खानेपानीको धारा पुगेका हो । यस्तै, वडा नं. ७ को बागबजारमा २४, मर्चीमा ६७, धाँचु गाउँमा सात धारा निर्माण भई धारा सञ्चालनमा छन् ।

वडा नं. १ को बड्की गाउँको एक सय ७६, दियारगाउँमा ७२, वडा नं. ६ को बाजागाड गाउँमा १३६, बाजागाड खोलामा २० र चेमा गाउँमा सातवटा धारा निर्माण भई स्थानीयले घरघरमा शुद्ध पानी पिउँदै आएका छन् । यसमध्ये बाँकी एक हजार २१३ घरधुरीका नागरिक सार्वजनिक धारा, मूल, खोल्साको पानी पिउँदै आएको हिमा गाउँपालिका जुम्लाले जनाएको छ ।

पाँचवर्षे कार्यकालभित्र पालिका भरका सबै घरधुरीमा शुद्ध पानी पुर्‍याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । ६ सय बढी धारा पालिकाको लगानीमा बनेका हुन् । साढे तीन करोडभन्दा बढीको लगानीमा हिमा बृहत् खानेपानी आयोजना निर्माण भइरहेको छ ।

बिहिबार, १० साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे