प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार्नुपर्ने बताएका छन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसमक्ष आर्थिक वर्ष २०८०-८१ को कार्यसम्पादन करारबमोजिम आज बुझाएको कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै उनले लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने बताए।

पूर्वाधार विकासमा सार्वजनिक-निजी साझेदारी अवधारणा महत्त्वपूर्ण हुने भन्दै प्रधानमन्त्रीले लगानी बोर्डमार्फत भइरहेका कार्य र उपलब्धिको प्रशंसा गरेको प्रमुख कार्यकारी अधिकृत भट्टले जानकारी दिए।

‘स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने र बोर्डलाई सार्वजनिक-निजी साझेदारीको ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्नेगरी संस्थागत क्षमता विकास गरिनेछ,’ प्रधानमन्त्रीले भने ।

कार्यसम्पादन प्रतिवेदन पेश गर्ने क्रममा प्रमुख कार्यकारी अधिकृत भट्टले प्रधानमन्त्रीबाट प्राप्त मार्गदर्शनअनुरूप परियोजना विकास, लगानी प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणका लागि भएका प्रगति, परियोजना कार्यान्वयनका क्रममा देखा परेका समस्या, तिनको समाधानका लागि बोर्डले गरेका प्रयत्न, कार्यसम्पादन गर्दाका सिकाइ र अनुभव र आगामी परिदृश्यबारे प्रधानमन्त्रीसमक्ष संक्षिप्तमा जानकारी गराएका थिए ।

बिहिबार, १० साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !