file photo

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंकलाइनको विवाद चाँडै समाधान हुने बताएका छन् । आज (सोमबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले डेडिकेटेड र ट्रंकलाइन विवादमा विद्युत प्राधिकरणले काटेको लाइन जोड्नेबारेमा निरन्तर छलफल भइरहेको बताएका हुन् ।

मन्त्री खड्काले व्यवसायीबाट उठ्नुपर्ने बक्यौता कति हो भन्ने कुरा निर्क्यौल हुन बाँकी रहेको बताए । मन्त्री खड्काले व्यसायीले तिर्नुपर्ने बक्यौता पनि तिर्नुपर्ने र प्राधिकरणले लाइन काटेर बस्न पनि नहुने बताए । उनले लाइन काटिएको उद्योगहरुमा छिट्टै जोडिने पनि बताए ।

‘व्यवसायीहरुले तिर्नुपर्ने बक्यौता पनि तिर्नुपर्यो र तिर्न छ भनेर लाईन काटेर बस्न भएन । तत्कालै जोड्नुपर्यो भन्ने छ । आजसम्म एउटा निकास आउँछ,’– उनले भने ।

सोमवार, ७ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा