नेपाल र चीनबीचको दार्चुलाको तिंकर सीमानाका साउन ३ गतेदेखि पुनः सञ्चालनमा आएको छ । पहिलो चरणमा असार ११ गतेदेखि खुल्ने भनिएको टिंकर नाका केही प्राविधिक तयारी पूरा नभएको भन्दै चिनिया पक्षले आगामी जुलाई १० अर्थात् असार २६ गतेदेखि खोलिने जानकारी दिएको थियो ।

नाका सञ्चालनको लागि जेठ १७ गते दार्चुला र चीनको ताक्लाकोटस्थित स्थानीय अधिकारीहरुबीच भएको भर्चुअल बैठकमा असार ११ देखि नाका खोल्ने सहमति भएको थियो । चिनिया पक्षले नाका खोल्ने समय सारिएको औपचारिक जानकारी नदिए पनि अनौपचारिक रुपमा स्थानीय दोभासेमार्फत सन्देश पठाएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।

असार २६ गते पनि सञ्चालनमा आउन नसके पछि साउन ३ गतेदेखि नियमित सञ्चालनमा रहेको प्रशासनले जनाएको छ । नाका सञ्चालनमा आएपछि दर्जन बढी व्यापारीहरू चीनको ताक्ला कोट प्रस्थान गरेको व्यापारी अशोक बोहराले बताए । नेपाली व्यापारीहरू घोडा खच्चर सहित सामान लगेर व्यापारको लागि ताक्ला कोट तिर लागेका हुन् ।

चिनिया सुरक्षाकर्मीले सिमानामा चेकजाँच गरेर मात्र आवतजावतको व्यवस्थापन गरेको व्यापारीहरूले बताएका छन् । नेपालतिर तिंकर र छाङरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँच तथा सुरक्षा दिँदै आएका छन् ।

टिंकर नाका खोल्ने पूर्वतालिकाअनुसार दार्चुलाका प्रजिअसहित सुरक्षा अधिकारीहरुले ताक्ला कोट जाने तयारी गरेका थिए । जिल्लामा रहेका नेपाली सेनाबाहेक सबै सुरक्षा निकायका प्रमुखहरू र सीमा प्रशासन कार्यालयका प्रमुखको टोली असार ९ गते सदरमुकामबाट टिंकर नाकातर्फ जाने तयारी थियो तर असार ८ गते सिमानाका खोल्ने समय १५ दिनपछि सारिएको जानकारी मिलेपछि तत्कालको भ्रमण रोकिएको छ ।

अहिले नाका सञ्चालनमा आएको भए पनि सुरक्षा अधिकारीको टोली तिंकर नाका तर्फ गएको छैन । कोभिड महामारीको समयमा बन्द रहेको नाकामा सुरक्षाकर्मीको बस्ने भवन र पोष्टको संरचनामा यात्रुलाई चेकजाँच गर्ने मेसिन र उपकरण जोड्न बाँकी रहेकोले नाका खोल्न ढिलाइ भएको स्रोतले बताएको छ ।

शनिबार, ५ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा