संयुक्त राज्य अमेरिकाको विश्व खाद्य कार्यक्रम र लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (एलसीआइएफ) ले नेपाल सरकारको दिवा खाजा कार्यक्रमलाई सहयोग घोषणा गरेको छ । ती संस्थाले नेपालसहित चार देशका दिवा खाजाका कार्यक्रमलाई आज ४० लाख अमेरिकी डलर बराबरको अनुदान सहयोग घोषणा गरेका हुन् ।

उक्त अनुदानबाट नेपालको कर्णाली प्रदेशको सुर्खेत र जाजरकोटका आठ सयभन्दा बढी विद्यालयका कक्षा पाँचसम्मका ९० हजार भन्दाबढी विद्यार्थी लाभान्वित हुने आज आयोजित कार्यक्रममा जानकारी दिइयो । लायन्स क्लब इन्टरनेशनलका अध्यक्ष फाब्रिसियो ओलिभेरा, विश्व खाद्य कार्यक्रमका देशीय प्रतिनिधि रोबर्ट कास्का र शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले उक्त अनुदानको घोषणा गर्नुभएको हो ।

अध्यक्ष फाब्रिसियाले बालबालिकालाई पौष्टिक र पर्याप्त खानामा नियमित पहुँच दिन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए । देशीय प्रतिनिधि कास्काले स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रममार्फत आलीदेखि थालीसम्म ताजा पौष्टिक खानाका साथै किसानलाई सामुदायिक खाद्य प्रणालीलाई सुदृढ गराउन लागिपर्ने बताए । एलसीआइएफले अहिलेसम्म अनुदानमार्फत एक अर्ब दुई करोड अमेरिकी डलर (१ खर्ब ६० अर्ब रुपियाँ)भन्दा धेरै अनुदान सहायता वितरण गरिसकेको जनाइएको छ । रासस

बिहिबार, ३ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान