file photo

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम नागरिकको निराशालाई चिर्दै अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघसँगको छलफलका क्रममा पौडेलले निराशा चिर्दै आशा जगाउने उपायको खोजी गर्दै सरकार अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताएका हुन् । निजी क्षेत्रको मनोबल खस्किए मुलुकको अर्थतन्त्र नै धराशायी बन्ने भएकाले यसतर्फ मन्त्रालयले विशेष ध्यान दिने उनले बताए ।

उनले अर्थतन्त्रमा देखिएको समस्याको चाङप्रति आफू गम्भीर रहेकाले निजी क्षेत्रलाई पनि संगै लिएर अघि बढ्ने उल्लेख गरे । आन्तरिक र बाह्य कारण देखिएको समस्यालाई समाधान गर्नका लागि स्थिर सरकार बनेको उनको भनाइ छ ।

सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने र फोटा टाँस्नका लागि मात्रै सरकार गठन नभएको भन्दै अर्थमन्त्री पौडेलले समस्या समाधानका लागि नै सरकारको सम्पूर्ण ध्यान केन्द्रित गर्ने जिकिर गरे ।

सो क्रममा नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले अहिलेको अवस्थामा निजी क्षेत्रले भोग्नुपरेको समस्याका बारेमा अर्थमन्त्रीलाई अवगत गराएका थिए ।

बिहिबार, ३ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा