साहित्यकार, समाजसेवी तथा साब्लाबुङ पुस्तकालय अभियानका अध्यक्ष राजकुमार राईद्वारा लेखिएको उपन्यास किवाहाङको आज एक भव्य समारोहकाबीच बिमोचन गरीएको छ । राजनीतिक बिश्लेषक सुरेन्द्र केसीसहित बिभिन्न साहित्यकारहरुले आज काठमाडौमा संयुक्त रुपमा उपन्यास किवाहाङको बिमोचन गरे । संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसिएसनको आयोजनामा भएको पुस्तक बिमोचन कार्यक्रममा प्रमुख समिक्षक डा. केसीले उपन्यासको चिरफार गरे । डा.केसीले लेखक राईको किवाहाङ अन्य उपन्यास भन्दा पृथक रहेको भन्दै कृति धेरै मेहनत गरेर पढेको बताए ।

किवाहाङको अर्थ हुन्छ किवा भनेको बाघ र हाङको अर्थ हुन्छ राजा । यसले बाघको पनि राजा भन्ने अर्थ राख्छ । उपन्यास मलेशीयाबाट सुरु भएको डा.केसीले बताए । उपन्यासमा सिंगापुरको कथा पनि समेटीएको छ । संखुवासभा, भोजपुरको उकालो, दिङ्ला, तुम्लिङटार,हिले बजार, धनकुटा अनि त्यहाको ओरालो, धरान, फुस्रेबजार, घोपाक्याम्प त्यसैको सेरोफेरोमा उपन्यास घुमेको छ । उपन्यासको ठुलो बिशेषता भनेको जसरी बिषयको छनोट गरीएको छ एकखालको पौराणिकता एक किसीमले किरात सभ्यतासंग जोडीन्छ र मले जातिसंग मेल खान्छ । उपन्यासको समिक्षा गर्दे केसीले बिदेशको भोगाईका अनेक पाटालाई जोडदार रुपमा जोड्दै सिङ्गो उपन्यास तयार भएको बताए । सुरुदेखि अन्तसम्म एकनासले साहित्यीक रुपमा बगेको उपन्यास पटकौ पटक पढौ पढौ लाग्ने खालको अनुभव केसीले सुनाए । मले युद्ध र गोरखाले भोग्नु परेका समस्यालाई र विश्वयुद्धले पारेको असरको बारेमा पनि लेखकले उपन्यास मार्फत पुस्तकमा उनेको डा.केसीले बताए । गोरखालीहरुलाई युद्धको घाउले अहिले पनि चहराई रहेको कुरा उपन्यासमा उल्लेख छ । बिभिन्न धर्मको उल्लेख गर्दे कुनै पनि धर्मले युद्ध, हत्या, हिंसालाई प्रसय नदिएको भन्दै किन युद्धले यस्तो चोट दिएको भन्ने कुरा उपन्यासमा उल्लेख छ ।

उन्ले उपन्यास पढ्नयोग्य र खोजेरै पढ्न पनि आग्रह गरे । किवाहाङ काल्पनिक नाम दिएर लेखीएको उपन्यासले साँच्चे व्यक्ति र समाज रुपान्तरणमा सोच बदल्न सहयोग पुग्ने विश्वास व्यक्त गरीएको छ ।
यता लामो समय हङ्कङको सुख सयलको जीवनमा रुमलिएका लेखक राईले भने आफूलाई सानै उमेरदखि साहित्यमा रुचि राख्ने कथा सुनाउँदा सबै उन्को कथा सुन्न लालयित झै देखिन्थे । अहिलेक पुस्तक बेचेर सुन किन्ने यो समयमा त्यो उमेरमै लेखकले दुई तोला सुन बेचेर उनी पुस्तक किन्ने र पढ्ने गर्थे । जसले अहिलेको समाजलाई एउटा सन्देश दिन्छ । त्यसैले अहिले उन्लाई लेखक, साहित्यकार, समाजसेवी, पुस्तकालय अभियान्तासम्म डो¥याएर पु¥यायो । र यस्तो उत्कृष्ट उपन्यास आफै निकाल्न उत्प्रेरीत गर्यो । उन्ले अहिले पनि नेपालका दुर दराजमा झण्डै २१ भन्दा बढी ठाउँमा शिक्षा, स्वास्थ्य, कृषि र पाठ्यक्रममा आधारित पुस्तकालय पु¥याई सकेकाछन् ।
सानै उमेरदेखि बाहिरी पुस्तक पढ्न रुचाउने लेखक राई आफ्नी आमाले भन्दै आएका युद्धका कथा,लोक कथाहरुबाट प्रभावित भएर सहित्यतिर झुकाव राख्दै आएका हुन् । हङकङमा बसेर पनि नेपाली साहित्यलाई मायाँ गर्दे आएका राईले नियमित रुपमा साहित्य प्रकाशन र हङकङमा पनि साहित्यीक कार्यक्रमलाई निरन्तरता दिदै आएकाछन् । साहित्य भने पछि हुरुक्कै हुने उन्को स्वभावका कारण आज उन्ले नेपाली साहित्यलाई समेत बिदेशी भूमिमा रहेर मलजल गरी रहेको अवस्था छ । उपन्यास बिमोचनमा साहित्यकारहरु मायाँ ठकुरी,गितकार दिनेश अधिकारी, किशोर पहाडी, बुलु मुकारुङलगायतकासाहित्कारहरुको जमघट थियो । सो अबसरमा पुस्तकालय अभियानमा सहयोग पु¥याउने साहित्यप्रेमीहरुलाई सम्मानित गरीएको थियो । लेखक राईले पुस्तकालय अभियानलाई अझै व्यवस्थित गर्दे र अझ दुर दराजसम्म पु¥याउने प्रण गरे । यसका साथै हङकङ फिरेपछि नयाँ उपन्यासको सृजना गर्ने भन्दै नयाँ कृति आउने पनि विश्वास दिलाए ।

बिहिबार, २७ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा