निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका क्रममा हालसम्मका रणनीतिक योजनाको समीक्षा गर्दै चौथो रणनीतिक योजना–२०८१र८२ को मस्यौदा तयार गरेको छ ।

आयोगले उक्त मस्यौदामा सुझाव दिन सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई आह्वान गरेको हो ।

नेपालको संविधान, निर्वाचन व्यवस्थापनसम्बन्धी कानुन तथा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय निर्वाचनका लागि आयोगलाई सक्षम र सुदृढ तुल्याउने ध्येयले आर्थिक वर्ष २०६५र६६ देखि पञ्चवर्षीय योजना लागू भएको थियो । हाल तेस्रो आवधिक रणनीतिक योजना कार्यान्वयनमा छ ।

हालसम्मका रणनीतिक योजनाको कार्यान्वयनबाट प्राप्त अनुभव, राजनीतिक दल तथा सरोकारवालासँग विभिन्न समयमा गरिएका छलफल, विश्लेषण, समीक्षा र अन्तर्क्रियाबाट प्राप्त सुझावका आधारमा मस्यौदा तयार गरिएको आयोगका प्रवक्ता रघुराम विष्टले जानकारी दिए ।

उक्त मस्यौदालाई उन्नत बनाउन अगामी साउन ७ गतेभित्र आयोगको सचिवालयमा प्राप्त हुनेगरी सुझाव दिन आयोगले आग्रह गरेको छ ।

बिहिबार, २७ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे