शिक्षक भीम बहादुर कट्टेलद्धारा लिखित “हाम्रा विद्यालय राम्रा विद्यालय” विमोचन भएको छ । शिक्षक कट्टेलद्धारा लिखित कसरी बनाउने “हाम्रा विद्यालय राम्रा विद्यालय” नामक पुस्तक संखुवासभाको सदरमुकाम खाँदबारीमा विमोचन गरिएको हो ।
पुस्तक विमोचन प्रमुख अतिथि खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, खाँदबारीकी उपमेयर महेश्वरा वज्राचार्य लगायतले संयुक्त रुपमा गरे । हाम्रा विद्यालय राम्रा विद्यालय कसरी बनाउने भन्ने विषयमा लिखित पुस्तकमा दश मण्डलमा विभाजन गरिएको छ । पुस्तकमा प्रचलित ऐन, कानुन र शैक्षिक नीतिहरु, ट्रेड युनियनका माग र मुद्वाहरु, बालमैत्री सिकाई र कक्षा व्यवस्थापन, विभिन्न प्रेरक प्रसङ्ग र शैक्षिक लेखहरु समावेश गरिका छन् । त्यसैगरी लेखकका खोज, संलग्नता तथा अनुभव, विभिन्न व्यक्तिका अनुभव र दृष्टिकोणहरु पुस्तकमा लेखक कट्टेलले अटाएको पाइन्छ । “समृद्ध नेपाल, सुखी नेपालीको आधार ः शिक्षा” विषय पनि पुस्तकमा समावेश छ ।
लेखक कट्टेलले पुस्तकको छैटौं मण्डलमा आफ्ना खोज, संलग्नता तथा अनुभवहरु प्रस्तुत गरेको छन् । यस मण्डलमा कट्टेलले नेपालको शैक्षिक अवस्था, शिक्षा पेशामा आफ्नो अनुभव लेखेको पाइन्छ । यसै मण्डलमा शिक्षकको दिनचर्या उल्लेख गर्दै एक शैक्षिक सत्रमा हुने चक्रका बारेमा लेखकले चर्चा गरेका छन् । शिक्षण पेशा बाहेक शिक्षकको दिनचर्याको बारेमा केही विषयवस्तुहरु पुस्तकमा पाउन सकिन्छ ।
बाल मैत्री सिकाई र कक्षा व्यवस्थापनका विषयमा सातौ मण्डलमा विशेष चर्चा गरिएको छ । राज्यको लगानी अनुसार प्रतिफल नआएको अवस्थामा यस खण्डमा शैक्षिक सुधारका विषयमा थुप्रै प्रश्न चिन्हहरु खडा गरेको पाईन्छ । शिक्षकको विद्यालय आउने समय र नियमितता, पोशाक र अनुशासन, कक्षाकोठा व्यवस्थापन, विषयवस्तुको ज्ञान, शिक्षण विधि लगायतका बारेमा उल्लेख गरिएको छ । पाठ्यक्रम र शिक्षक निर्देशिकाले तोकेको उदेश्यहरु अनुरुप शैक्षिक गतिविधि हुनु पर्ने पुस्तकमा भनिएको छ । २५ वर्ष शिक्षक पेशामा जीवन विताएका कट्टेलले शैक्षिक सुधारको हरेका विषयमा प्रश्न उठाएका छन् ।
लेखक कट्टेलले आफ्ना लेख तथा विभिन्न व्यक्तिका अनुवभ तथा विचारहरु लाई बुँदागत रुपमा प्रस्तुत गरेका छन् । कट्टेल भन्छन, बुँदा विषय वस्तु पढ्न पाठकको आर्कषण भएकाले पाठक लक्षित गर्दै, बुँदागत रुपमा विषयवस्तु प्रकाशन गरिएको हो । पुनः दोस्रो भाग समेत प्रकासन गर्ने उनि बताउँछन् ।
अनुभव तथा दृष्टिकोण मण्डलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पुर्व प्रमुख प्रशासक(कर्मचारी सञ्चयकोष) तुलसीप्रसाद गौतम, जिल्ला समन्वय प्रमुख सुमन शाक्य लगायत १७ जनाको अनुभव तथा दृष्टिकोण समावेश गरीएको छ । पुस्तक विमोचन कार्यक्रममा शिक्षक तारा बहादुर बुढाथोकी, मनकामना रत्नअम्बिका माविका प्रधानाध्यापक कुबेर प्रसाद भेट्टुवाल, बरुण बहुमुखी क्याम्पस प्रमुख चित्ररेखा अधिकारीले पुस्तकको समालोचना गरेका थिए ।

शैक्षिक नीति स्पष्ट रुपमा आउन नसक्दा शैक्षिक गुणस्तरमा पनि सुधार हुन नसकेको कार्यक्रमका प्रमुख अतिथि खाँदबारीका मेयर महेश थपलियाले बताए । शैक्षिक नीति व्यवहारीक, वैज्ञानिक, रोजगारमुलक बनाउन नसकिएको उनको भनाई छ । शैक्षिक सुधार नहुनुमा राज्य पक्षकै दोस रहेको मेयर थलिया बताउँछन् । शैक्षिक गुणस्तरका लागि विद्यालयको पुर्वाधार विकास हुन जरुरी बताए । तर पुर्वाधार विकासले मात्रै शैक्षिक गुणस्तर राम्रो हुन सक्ने उनि बताउँछन् ।
कार्यक्रमका वक्ताहरुले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि अविभावक, शिक्षक, सरकार सबै एक जुट भएर लाग्नु पर्ने धारणा राखे । पुर्वाधार विकास प्रर्याप्त भएका विद्यालयहरुको नतिजा समेत कमोजर रहेको भन्दै त्यसको सुधारका लागि अविभावक समेत जाग्नु पर्ने बताए । नेपाल शिक्षक महासंघ सङ्खुवासभाको आयोजनामा भएको पुस्तक विमोचन कार्यक्रम महासंघका जिल्ला अध्यक्ष शेरबहादुर पुरीको अध्यक्षतामा भएको हो । कार्यक्रममा शिक्षक, कर्मचारी, जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज लगायतको उपस्थीति रहेको थियो

बुधबार, २६ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे