दिगो विकास लक्ष्य एसडीजी कार्यक्रमसँग जोडिएर काम गरेका कान्तिपुर सिटी कलेजमा सिभिल इन्जिनियर अध्ययनरत ३१ जना विद्यार्थी दीक्षित भएका छन् । एसडीजी अन्तर्गतको सोसल आरटिस्ट्रीसँग जोडिएका १४ र ग्लोबल सिटिजनसिप एजुकेशन जीसीईडीसँग जोडिएर काम गर्ने १७ जना विद्यार्थी दीक्षित भएका हुन् ।

कल्प एकेडेमी, कान्तिपुर सिटी कलेज र आईसीए नेपालद्वारा संयुक्त रूपमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै विगत एक वर्षदेखि यस विषयमा जोडिएर काम गरेका विद्यार्थीहरुलाई दीक्षित गरेको हो । कल्प एकेडेमी अन्तर्गत रहेर इन्जिनियर रवि खनालको नेतृत्वमा उक्त पाठ्यक्रममा विद्यार्थीहरूले काम गरेका थिए ।

एसडीजी र जीसीईडीका सिद्धान्तहरू एकीकृत गरी युवा मस्तिष्कलाई सशक्त बनाउने उद्देश्य राखी एसडीजी एम्बेसडरबाटसँग संलग्न भइ काम गरिएको दीक्षित तथा सिभिल इन्जिनियर अध्ययनरत विद्यार्थी सुरक्षा खनालले जानकारी दिइन् । उनका अनुसार सामाजिक कलामा आधारभूत परिचय, २०३० एजेन्डा र दिगो विकास लक्ष्यहरू, लैङ्गिक समानता र समानता विपद् जोखिम व्यवस्थापन जस्ता विषयसँग जोडिएर काम गरेका थिए ।

दीक्षित विद्यार्थीलाई बधाई दिँदै कार्यक्रममा ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री शक्ति बहादुर बस्नेतले दिगो विकास लक्ष्यले मुलुकको आर्थिक, सामाजिक र पर्यावरणीय परिवेश अनुसारको विकास कार्यान्वयनमा मद्दत पुर्याउने बताए ।

दिगो विकासको लक्ष्यले विश्वमा निकै प्राथमिकता पाएको छ, सिभिल इन्जिनियर अध्ययनरत विद्यार्थीको यो विषयसँग जोडिएर काम गर्नु आफैमा सराहनीय छ, आफ्नो समुदायमा दिगो विकास गर्न सक्षम सामाजिक रूपमा सचेत र सक्रिय युवा पुस्तालाई प्रोत्साहन गर्नमा सरकार पनि तत्पर छ,’ उनले भने ।

सोमवार, २४ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !