नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारका नाममा कांग्रेस–एमालेले फजुलको कुरा गरेको बताएका छन् ।

आइतबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले राष्ट्रिय सहमतिको सरकार नितान्त फजुल कुराबाहेक केही नभएको बताएका हुन् ।

कांग्रेस–एमाले मिलेर सरकार बनाउने र केही आफुलाई सुरक्षित गर्नुपर्छ भन्ने पार्टीहरूले साथ दिन सक्ने उनले बताएका छन्।

खनालले संसदीय व्यवस्थामा सामान्यतया बहुमतको सरकार बन्ने गरे पनि कुनै पनि देशका मुख्य दुई ठूला दल मिलेर सरकार बनाउने कुरा संसदीय व्यवस्थामा नौटङ्की जस्तै रहेको बताए ।

उनले नयाँ गठबन्धनमा सहभागी हुने कुनै गुञ्जायस नरहेको स्पष्ट पारे । खनालले ठूला पार्टीका नेताहरुमा रहेका असक्षमता र अयोग्यताका कारण देश अस्थिरताबाट गुज्रिरहेको बताए ।

उनले नयाँ सरकारको आधार स्पष्ट नभइसकेको अवस्थामा संविधान संशोधनको कुरालाई नियालिरहेको बताए । उनले एजेण्डाका आधारमा जोडदार प्रतिक्रिया आउने उल्लेख गरेका छन् ।

आइतवार, २३ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा