सन् २०२३ को छ महिनाको तुलनामा यो वर्ष पर्यटक आगमन झन्डै २३ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को छ महिनामा पाँच लाख ८३ हजार १६ जना पर्यटक नेपाल भित्रिएका थिए ।

बोर्डको निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “सन् २०२४ को छ महिनामा चार लाख ७६ हजार ४८१ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्षको छ महिनाको तथ्याङ्क हेर्दा एक लाख छ हजारको हाराहारीमा पर्यटक बढेका देखिन्छन् ।”

उनका अनुसार सन् २०१९ को तुलनामा यो वर्ष दुई प्रतिशतले पर्यटक आगमन बढेको छ । सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ जना विदेशी पर्यटक नेपाल आएकामा यो वर्षको सोही अवधिमा ७६ हजार ७३६ पर्यटक नेपाल आएका छन् । निर्देशक लामिछानेले पछिल्लो समय पर्यटक आगमन दर बढ्दै गइरहे पनि आगामी आव २०८२र८३ मा १६ लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा हुन सन् २०१९ को तुलनमा ३३ प्रतिशतले पर्यटक भित्रिनुपर्ने जानकारी दिए ।

उनले भने, “सरकारले लिएको लक्ष्य प्राप्तिका लागि विदेशमा आक्रामक प्रवर्धनका कार्यक्रम अघि बढाउँदै चीन र भारतमा समेत बोर्डको शाखा खोलेर नेपाल प्रवर्धनका काम बढाउन आवश्यक छ ।”

त्यस्तै गरी महँगो हवाई शुल्क, टिकट समयमै नपाउने र पाए पनि महँगो हुँदा पर्यटकले अन्यत्रका गन्तव्य रोज्ने गरेको बताउँदै उहाँले पर्यटक नेपालबाट फर्किंदा कर छुटको सुविधा लिन विदेशी ट्राभल एजेन्सीमार्फत टिकट लिन थालेपछि नेपाली मुद्रा विदेश गइरहेको जनाए ।

बोर्डका अनुसार सन् २०२३ को जुन महिनामा ७२ हजार २५० पर्यटक नेपाल आएकामा यो वर्ष गत वर्षको तुलनामा ६।२१ प्रतिशतले पर्यटक आगमन बढेको छ ।

नेपाल आउने पर्यटकमध्ये भारतीय पर्यटक बढी छन् । सामान्यतया भारतबाट नेपाल घुम्न आउने पर्यटक गर्मी छल्न आउने भए पनि यस वर्ष जाडोको महिनामा पनि नेपालमा प्रशस्तै भारतीय पर्यटक आएका कारण वृद्धि भएको हो । भारतबाट जुनमा ३७ हजार ८३५ पर्यटक नेपाल भित्रिएका छन् । यस्तै दोस्रोमा अमेरिकाबाट आठ हजार २८१, चीनबाट सात हजार ४९४ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या विगतमा निकै ठुलो रहे पनि कोभिडपश्चात् त्यो सङ्ख्या बढ्न सकेको छैन ।

बङ्गलादेशबाट तीन हजार ८५७, बेलायतबाट एक हजार ९६९, अस्ट्रेलियाबाट एक हजार ५८९, भुटानबाट एक हजार ६६, मलेसियाबाट एक हजार १४, जापानबाट ९५३ र दक्षिण कोरियाबाट ८७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

आइतवार, २३ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे