Trending
सरकारले नुनको मूल्यमा भारी वृद्धि गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले किलोमा छ रुपैयाँले नुनको मूल्य बढाएको हो । साल्ट ट्रेडिङ कर्पोरेसनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले नुनको भाउ बढाउने निर्णय गरेको हो ।
यसअघि २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य अब २६ रुपैयाँ प्रतिकेजी पुग्ने भएको छ । आयो नुनको थोक बिक्री मूल्य २३ रुपैयाँ कायम गरिएको छ । यसैगरी न्यु शक्ति नुनको मूल्य प्रतिकिलो थोकमा १७ रुपैयाँ र उपभोक्ता मूल्य २० रुपैयाँ पुगेको छ । भानु नुन किलो नौ रुपैयाँ पुगेको छ । मूल्य बढे पनि कम्पनीलाई भने अझै पनि घाटा रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि नै लागू हुने भएको छ । यसअघि २८ रुपैयाँ प्रतिकिलो लागतको नुनलाई कम्पनीले १८ दशमलव ५० रुपैयाँमा बेचिरहेको थियो । अझै कम्पनीलाई प्रतिकिलो पाँच रुपैयाँ घाटा हुने बताइएको छ ।