चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी बन्द भए पनि पर्यटकीय गतिविधि बन्द भएको छैन । बर्षातका बेला निकुञ्जका केही पर्यटकीय गतिविधि बन्द गरिए पनि जीप सफारी बाहेकका सबै गतिविधि सञ्चालनमै छन् ।

क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष सुमन घिमिरेका अनुसार अहिले सौराहा आउने पर्यटकका लागि कुनै पर्यटकीय गतिविधि रोकिएको छैन । निकुञ्जभित्र जङ्गल ‘वाक’, डुङ्गा सयर भइरहेका छन् । उनका अनुसार सौराहाको कुमरोज, बाघमारा, चित्रसेन मध्यवर्ती सामुदायिक वनमा आउने पर्यटकका लागि पर्यटकीय गतिविधि भइरहेका छन् ।

कुमरोजमा जीप सफारी सञ्चालनमा छ । बाघमारा र चित्रसेनमा हात्ती सफारी भइरहेका छन् । डुङ्गा सफारी जनकौली, बाघमारा र चित्रसेनमा भइरहेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको भित्री भागमा हुने जङ्गल सफारी बाहेक अन्य कुनै गतिविधि रोकिएका छैनन् । निकुञ्जको कोर क्षेत्र बाहिरका मध्यवर्ती सामुदायिक वनमा सधैँ हात्ती, जीप, डुङ्गा सफारी हुने उनले जानकारी दिए ।

उनले भने, ‘निकुञ्ज भित्रको जीप सफारी मात्रै रोकिँदा पर्यटकीय गतिविधिमा ठूलो असर पर्दैन ।’ पूर्वी चितवन, पश्चिम चितवन, माडी, नवलपरासीलगायतका निकुञ्जका मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि नरोकिने उनले बताए । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार निकुञ्जभित्रसमेत् वर्षातको समयमा जीप सफारी बाहेक जङ्गल ‘वाक’, डुङ्गा सयरलगायतका गतिविधि हुने गर्दछन् ।

सोमवार, १७ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे