जुम्लाको हिमा गाउँपालिकाले खानेपानी विकासलाई विशेष प्राथमिकता दिँदै आएको छ । वर्षौदेखि खोला नदीको दुषित पानी पिउन बाध्य हिमाबासीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउन हिमाले खानेपानीको विकास र सरसफाइ क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको हो ।

पाँच वर्षमा हिमालाई पूर्ण रूपमा शुद्ध खानेपानीयुक्त पालिका बनाउने अभियानसहित गाउँ गाउँमा लाखौं खर्चिएर एक घर एक धारा निर्माणको अभियान चलिरहेको छ । जसअन्तर्गत हिमा गाउँपालिका–७ को मर्चीगाउँमा ६७ घरमा स्वच्छ खानेपानी धारा निर्माण भएका छन् ।

नेपाल सरकार, फिनल्यान्ड सरकार, युरोपियन युनियन र हिमा गाउँपालिकाको संयुक्त साझेदारीमा सञ्चालित दिगो खानेपानी सरसफाइ तथा स्वछता (सुस्वा) परियोजनाअन्तर्गत हिमा–७ मर्चीगाउँका ७६ घरमा एक घर एक धारा निर्माण गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । बार्खेडाडा खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भएपछि शनिबार एक कार्यक्रमका बीच उक्त आयोजना समुदायलाई हस्तान्तरण गरिएको अध्यक्ष शाहीको भनाइ छ ।

सरकारी लगानीमा निर्माण भएका अधिकांश संरचना दिगो समयसम्म नटिक्ने र एउटै योजनामा दोहोर्‍याएर लगानी गर्नुपर्ने बाध्यता रहेकाले गाउँमा बनेका विकास संरचनालाई जोगउन अध्यक्ष शाहीले स्थानीयलाई अपिल गरे । स्थानीयमा गाउँमा बनेका संरचनाप्रति अपनत्व विकास नभएसम्म लगानीको दीर्घकालीन उपलब्धि नदेखिने भएकोले सामाजिक रूपान्तरण र विकासमा एकजुट हुनुपर्ने उपाध्यक्ष सुर्पना शाहीको भनाइ छ । पाँच वर्षको अवधिमा हिमाका ७ वटै वडामा खानेपानी पुर्‍याइने पालिकाले लक्ष्य लिएको छ ।

आँगनमै स्वच्छ खानेपानी धारा पुगेपछि मर्चीबासी उत्साहित भएका छन् । वर्षौदेखि खोला नदीको दुषित पानी पिउन बाध्य स्थानीय आँगनमै धारा छर्किएपछि उत्साहित भएका हुन् । जिल्लाका आठ पालिकामध्ये हिमा गाउँपालिकाले खानेपानी विकास तथा सरसफाइ क्षेत्रमा जिल्लामै उदाहरणीय काम गरेको छ । आधारभूत आवश्यकताभित्र पर्ने खानेपानी विकास प्रायः स्थानीय सरकारको प्राथमिकतामा छैन ।

सुस्वा परियोजना संयोजक सुमिता शाहीले पालिकाको साझेदारी र सुस्वा परियोजनाको लगानीमा हिमाका घरघरमा स्वच्छ खानेपानी पुर्‍याई अभियान थालिएको बताइन् । उनले भनिन्, ‘खानेपानी विकाससँगै मर्यादित तथा स्वच्छ महिनावारी, किशोरी तथा महिलाको क्षमता विकास, उपभोक्ता तथा मिस्त्रीको क्षमता विकासमा समेत लगानी गरेका छौं । आगामी दिनमा खानेपानी पूर्वाधार विकाससंँगै व्यवहार परिवर्तनका समेत कार्यक्रम गरिने छ ।’

आइतवार, १६ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा