राष्ट्रिय युवा सङ्घ नेपालले मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा ‘एक युवा पाँच बिरुवा’ अभियान सञ्चालन गरेको छ ।

ललितपुरको गोदावरी नगरपालिका-१३ झरुवारासीमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका छन। उनले वातावरण सन्तुलन राख्न बोटबिरुवा लगाउनुपर्ने बताउँदै यस अभियानमा सबै सहभागी हुनुपर्नेमा जोड दिए ।

सङ्घका महासचिव सुमन पुरीले आगामी साउन १४ गतेसम्म अभियान सञ्चालन गरिने जानकारी दिए । सात सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गरिने जनाउँदै उनले अभियानमा करिब तीन लाख बोटबिरुवा रोप्ने लक्ष्य रहेको उल्लेख गरे ।

उनले युवा सङ्घका केन्द्रीय कमिटी सदस्य प्रत्येकले पाँच वटा बिरुवा रोप्नुपर्ने भन्दै त्यसको संरक्षण गर्ने जिम्मा पनि दिइएको बताए । वृक्षरोपण कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत नेता सहभागी थिए । रासस

शुक्रबार, १४ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !