कृषि मन्त्रालयले पहिलो पटक राष्ट्रिय धान दिवस काठमाडौं उपत्यका बाहिर मनाउन लागेको छ । मन्त्रालयले शनिबार चितवनको बछौलीमा डेढ बिगाहामा रोपाइँ गरेर २१औं धान दिवस मनाउन लागेको हो ।

०६० सालदेखि नेपालमा बर्सेनि असार १५ गते धान दिवस मनाइँदै आइएको छ । मन्त्रालयले विगत २० वर्षदेखि नियमिम रुपमा धान दिवस मनाउँदै आए पनि काठमाडौंमा मात्रै सीमित थियो ।

मन्त्रालयले चितवनबाट औपचारिक रुपमा सुरु गर्न लागेको २१औं धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्रीसहित कृषि मन्त्री ज्वाला साह, स्थानीय जनप्रतिनिधिहरु र किसानहरु सहभागी हुनेछन् ।

‘बछौलीमा करिब ढेड बिगाहा जग्गामा धान रोपाइँ गरिनेछ’, मन्त्री साहले कार्यक्रमबारे भनिन्, ‘वास्तविक किसानसँग नै धान दिवस मनाउँछौं ।’

९.८ प्रतिशत रोपाइँ सकियो

हालसम्म नेपालमा कुल रोपाइँ हुने क्षेत्रको ९.८ प्रतिशत रोपाइँ भएको छ । १२ असारसम्म देशभरि कुल रोपाइँ हुने क्षेत्रको १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपिएको हो । यो तथ्यांक गतवर्षभन्दा केही बढी हो ।

नेपालमा १३ लाख ९८ हजार ८३६ हेक्टरमा रोपाइँ हुँदै आएको छ । अघिल्लो वर्ष १० असार २०८० सम्ममा कुल रोपाइँ क्षेत्रको ८.७५ प्रतिशत रोपाइँ भएको थियो ।

शुक्रबार, १४ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !