महाधिवेशनको तयारीमा जुटेको एकीकृत समाजवादीले पदाधिकारी थप्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले महाधिवेशनको हलबाट अनुमोदन गर्ने गरी पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएको हो ।

बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन हलबाट अनुमोदन हुने गरी केन्द्रीय समिति २९९ सदस्यीय बनाउने निर्णय भएको छ। यसअघि १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय भएको थियो।

साथै उनले पार्टीमा अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति भएको छ भने वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिनेछ । साथै केन्द्रीय उपाध्यक्षमा महिला सिट सुरक्षित रहने व्यवस्था गरिएको उनले बताए।

उनकाअनुसार महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि पाँच प्रतिशत मनोनीत गर्ने व्यवस्था रहे पनि त्यो मनोनीत नगर्ने सहमति भएको छ।

यस्तै १० औं महाधिवेशन तयारीबारे असार १५ गते पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिइने उनको भनाइ छ।

बिहिबार, १३ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !