पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष असार १५ गते हुँदै आएको असारे रोपाइँ महोत्सवको १९औं संस्करण यस वर्ष पोखरा महानगरपालिका–२३ फेवाफाँटको मार्गीमा हुने भएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा हुने महोत्सवको १९औं संस्करणको तयारीलाई तीव्र बनाइएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवका लागि परिषद्का उपाध्यक्ष तारानाथ पहारीको संयोजकमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा हरिराम अधिकारी र जीवनराज सापकोटा रहेका छन् ।

महोत्सवमा हिलो खेल्ने, माछा समात्ने, साउने प्रतियोगिता, रसि तान्ने, हिले दौडसहित मनोरञ्जन लिन स्वदेशी र विदेशी पर्यटकको सहभागिता रहने परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

महोत्सवमा करिब १० हजारभन्दा बढी मानिसले सहभागिता जनाउने आयोजकको अनुमान छ । हिले दौड प्रतियोगिताअन्तर्गत स्वदेशी र विदेशी महिला र पुरुष पर्यटकको छुट्टाछुट्टै प्रतियोगिता हुनेछन् । त्यसअवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति पनि रहने छन् ।

नेपालीको मुख्य खाद्यान्न बालीका रूपमा रहेको धानखेतीप्रतिको आकर्षण घट्दै गएका अवस्थामा नयाँ पुस्तालाई धानखेती प्रणाली देखाउँदै उनीहरूलाई यसतर्फ आकर्षित गराउन पनि महोत्सव आयोजना गरिएको मूल व्यवस्थापन समितिका संयोजक पहारीले बताए ।

बिहिबार, १३ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !