Trending
यही असार २२ गतेका लागि तय भएको नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका केही हेरफेर भएको छ।
सार्वजनिक कार्यतालिका अनुसार मतदाता अन्तिम नामावली प्रकाशन असार १४ गते शुक्रबार अपरान्ह ४ बजेका लागि सरेको छ। यसअघि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बुधबार अपरान्ह ४ बजेका लागि तय भएको थियो।
संशोधित कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता असार १५ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि तय भएको छ। उम्मेदवारको नामावली प्रकाशन असार १५ गते साँझ ८ बजे हुनेछ। यस्तै उम्मेदवारमाथि दाबी विरोध असार १५ गते शनिबार साँझ ८ बजेदेखि असार १६ गते आइतबार बिहान ११ बजेसम्मका लागि तोकिएको छ।
उम्मेदवारको मनोनयनपत्र फिर्ता लिने समय असार १६ गते बिहान ११ बजेसम्म रहेको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन असार १६ गते दिउँसो २ बजे तोकिएको छ।
मतदान असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। मतदान सकिएलगत्तै मतगणना हुने कार्यतालिका रहेको छ।