नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले काठमाडौंमा पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने भएको छ ।

टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान) ले आज नाट्टाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सम्मानमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले संघीय राजधानी काठमाडौंमा पर्यटक बसपार्क निर्माणका लागि पहल थाल्ने बताएका हुन् ।

‘पर्यटक बसलाई पशुपति क्षेत्रबाट सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषसँग छलफल भइरहेको छ, एक दुई महिनाभित्रै पर्यटक बसपार्कको समस्या समाधान हुने विश्वास लिएका छौँ,’ अध्यक्ष थपलियाले भने ।

पछिल्लो समय पर्यटक बसको टिकटका लागि प्रविधिको प्रयोगलाई अगाडि बढाएको भन्दै अध्यक्ष थपलियाले टिवानलाई धन्यवाद दिँदै उनले विपत्तिको समयमा पर्यटन क्षेत्रमा आइपर्ने समस्या समाधानका लागि विपद् कोष खडा गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

टिवानका अध्यक्ष कृष्ण आचार्यले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन बसलाई अगाडि बढाउन टिवान र नाट्टा हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । पर्यटक बसलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नाट्टाको ५७औं साधारणसभा तथा २४औं अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सम्मान गरिएको थियो ।

बुधबार, १२ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !