Trending
महिला आरोहि याङजी शेर्पाले राष्ट्रिय वाणिज्य बैकको लागो मकालु हिमालको चुचुरोमा पु¥याउन सफल भएकीछन् । शेर्पाले आज राष्ट्रिय बाणिज्य बैकमा पुगेर मकालु हिमालको चुचुरो चुमेको बैकको लोगो सहितको फोटो राष्ट्रिय वाणिज्य बैकका कार्यकारी प्रमुख देवेन्द्र रमण खनाललाई हस्तान्तरण गरीन् । खनालले बैकको लोगो उच्च मनोवलकासाथ मकालु हिमालको चुचुरोमा पु¥र्याएकोमा महिला आरोही शेर्पालाई बधाई दिए । उन्ले बैकले यस्ता साहसिक काम गर्ने महिलालाई सहयोग गर्ने वचन पनि दिए । जलवायु परिवर्तनको असर न्यूनिकरण गर्ने सन्देश लिएर शेर्पाले बैकको लोगोसमेत हिमालको चुचुरोमा पु¥याएर सन्देश दिन खोजेकी हुन् ।
पछिल्लो समय जलवायु परिवर्तनको असरले हिमालय क्षेत्रमा समेत प्रभाव परेको र यसले समग्र मानवजातिलाई असर पुगेको उन्को भनाई छ । यस भन्दा अघि उन्ले राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर सगरमाथाको चुचुरोमा पहिलो पटक पु¥याएर चर्चा कमाएकी थिइन् । उन्ले मे ६, २०२४ मा मकालु हिमालको सफल आरोहण गरेकीहुन् । तत्कालि राष्ट्रिय वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले महिला आरोहिको साहसलाई कदर गर्दे लोगो मकालु हिमालको चुचुरोमा पु¥याउन र बैकप्रति सहकार्य र योगदान दिन आग्रह गरेका थिए । आज बैकमा वर्तमान कार्यकारी प्रमुख देवेन्द्र रमण खनाललाई सफलता पुर्वक मकालु हिमालको चुचुरोमा बैकको लोगो पु¥याएर हस्तान्तरण गर्न पाउँदा खुशी लागेको शेर्पाले बताईन् ।