लुम्बिनी बौद्ध विश्वविद्यालयले योजना तथा अनुगमनको नयाँ निर्देशकमा डा. कुलप्रसाद खनाल नियुक्त भएकाछन् । डा. खनाललाई बुद्ध अध्ययन संकायका डीन डा. मनिका रत्न शाक्यले यहि असार ९ गते विश्वविद्यालयमा औपचारिक रूपमा स्वागत गरेका थिए । विश्वविद्यालयले सञ्चालन गरेको प्रतिस्पर्धात्मक खुला भर्ना प्रक्रियाबाट डा.खनाल उक्त पदका लागि छनोट भएका हुन् । लुम्बिनी बौद्ध विश्वविद्यालयमा डा. खनाललाई स्वागत गर्न पाउँदा खुसी लागेको डा. मनिकारत्न शाक्यले बताईन् ।उन्को अनुभव र ज्ञान अमूल्य हुने भएकाले यसमा शैक्षिक कार्यक्रमहरूको विकास र वृद्धि गर्न सहज हुने उन्को भनाई थियो । डा.खनालले बौद्ध शिक्षाको प्रवर्द्धन गर्ने विश्वविद्यालयको मिसनलाई अगाडि बढाउन आफ्नो विशेषज्ञता प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उन्ले साझा लक्ष्यहरू प्राप्त गर्नका लागि प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूसँग काम गर्न तयार रहेको पनि बताए । कार्यक्रममा विश्वविद्यालयको केन्द्रीय कार्यालयका सबै अधिकारी, शिक्षक र कर्मचारीहरूको उपस्थिति रहेको थियो, जसले विश्वविद्यालयको प्रशासनिक र शैक्षिक ढाँचालाई सुदृढ गर्नको लागि जारी रहेको प्रयासमा महत्त्वपूर्ण क्षणको रुपमा लिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले डा. खनालको मार्गदर्शनमा विकास र उत्कृष्टताको नयाँ युगको अपेक्षा गरेको छ ।

मङ्लबार, ११ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा