नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी भित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सोमबार ‘कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाइ’ स्मृति ग्रन्थको विमोचन कार्यक्रममा कांग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका हुन् ।

‘कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ, फोहोर सफा गर्नका लागि ऐनाअगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफूभित्र लागेको दाग सफा हुँदैन,’ महामन्त्री थापाले भने, ‘कांग्रेसभित्र फोहोर थोरै छ, तर सफाको अंश धेरै छ । फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ ।’

नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित बनिरहेको महामन्त्री थापाको भनाइ थियो । उनले कांग्रेसमा योगदान दिएका पात्रहरूलाई गाउँ–गाउँबाट खोज्न आवश्यक रहेको पनि बताए ।

‘हाम्रो राजनीति कस्तो हुँदै गएको छ भने सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्ने यसमा गएर यसले एउटा मिसन नै हराएको जस्तो भएको छ ।

त्यो मिसन हराएको जस्तो राजनीतिबाट हामी मुक्त हुनुपर्छ,’ थापाले भने, ‘हामीले हाम्रो इतिहासमा रहेको, हामीले सम्झनुपर्ने तर नसम्झिरहेको पात्रहरुलाई खोजी खोजिकन ल्याउनुपर्छ ।’

सोमवार, १० असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !