बाजुरामा आयोडिनयुक्त नुनको अभाव भएको छ । नुनको अभाव भएपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले हप्तामा एकदिन मात्र वितरण गर्ने गरेको छ ।

जसले गर्दा बाजुराबासीलाई बिक्री केन्द्रमा घण्टौं लाइन बस्दा पनि खाली हात फर्कनुपर्ने अवस्था छ । भीडभाड भएपछि साल्ट ट्रेडिङले प्रहरीको सुरक्षामा नुन बिक्री गरिरहेको छ ।

कोटा कम हुँदा, वर्षात्‌को समयमा नुन ढुवानी गर्न समस्या हुँदा र तस्करीले गर्दा अभाव भएको साल्ट ट्रेडिङ कार्यालय बाजुराका प्रमुख टेकबहादुर बोहोराले बताएका छन् । बाजुरामा गत चैतदेखि नै नुन अभाव छ ।

भारतको सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत ढुवानी अनुदानमा बाजुरामा नुन बिक्री वितरण हुने गरेको छ । बाजुरामा चारवटा नुनको डिपो र चार वटा बिक्री केन्द्र छन् । ढुवानी अनुदानको नुन प्रतिकेजी ९ रुपैयाँमा बिक्री हुने गरेको छ । सरकारले बाजुराको मार्तडी, कोल्टी, मौरे र कवाडी डिपोमा आवश्यकताभन्दा कम नुन दिने गरेको कर्मचारीहरू बताउँछन् । चालु आर्थिक वर्ष २०८०/८१ मा बाजुरा जिल्लाभर १६ हजार ८५२ क्विन्टल नुनको कोटा रहेको छ । यो कोटा बाजुराका लागि अपर्याप्त रहेको बोहोरोले बताए । आफूहरूले बाजुरामा नुनको कोटा अपुग भएको भन्दै सरकारलाई लिखित जानकारी दिएको पनि उनले बताए ।

डिपोमा ९ रुपैयाँ पर्ने अनुदानको नुन बजारमा ५० रुपैयाँसम्म बिक्री हुने गरेको स्थानीयवासीको भनाइ छ । साल्ट ट्रेडिङ बाजुराका प्रमुख बोहोरा बजारको भन्दा डिपोमा सस्तो मूल्यमा पाइने भएकाले तस्करी हुँदा समस्या भएको बताउँछन् । उनी भन्छन् ‘आपूर्ति कम छ त्यसमा १० प्रतिशत बढी नुन बजारतिर जाने गरेको छ । डिपोबाट धेरै लिएर बजारमा बिक्री हुँदा पनि यहाँ नुनको अभाव भएको हो ।’

अनुदानको नुन डिपोबाट आवश्यकताभन्दा बढी लिएर बजारमा बिक्री गरेको पाइएपछि अहिले नागरिकता हेरेर कोटामा नुन बाँड्न थालेको बोहोराले बताए ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बाजुरामा नुनको अभाव पूर्ति गर्न थप कोटाका लागि केन्द्रमा समन्वय भइरहेको बताए ।

आइतवार, ९ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !