ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाइ गर्नका लागि ‘घर घरमा नगर प्रहरी’ परिचालन कार्यक्रमको सुरुवात गरेका छन् ।

विहीबार ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ परिचालन कार्यक्रमको सुरुवात गर्दै उनले नगरवासीको सुनुवाइ गरी सो अनुसारको सेवा प्रवाह गर्नको लागि ललितपुर महानगरपालिकाले कार्यक्रम ल्याएको बताए ।

उनले भने, ‘यो कार्यक्रमलाई अगाडि बढाउँदै गर्दा यसबाट मेयर मात्र होइन वडा अध्यक्ष, सदस्यहरुलाई अभियानले धेरै नै सहयोग प्राप्त हुनेछ भन्ने आश गरेको छु । यो कार्यक्रम भव्यताकासाथ सफल हुन्छ । यसले नगरपालिका र नगरबासीको बीचमा सेतुको काम गर्नेछ । यसबाट दुई पक्षीय संवाद् हुन्छ । नगरबासीहरुको सुख, दुख र पीर आदिको बारेमा महानगरपालिका र जनप्रतिनिधिहरु सूचित हुने मौका पाउनेछ ।’

यसको साथै उनले अभियानको बारेमा नेपाल सरकारका सुरक्षा निकायहरुसँग समन्वय गरेर अगाडि बढ्ने जानकारी दिंदै अभियानले सेवा चुस्त र दुरुस्त हुने बताए । उनले भने, ‘यसबारेमा नेपाल सरकारका सुरक्षा निकायहरुसँग पनि हामी समन्वय गरेर हामी अगाडि बढ्छौ । जसले गर्दा हाम्रो सेवा चुस्त र दुरुस्त हुने नै छ ।’

बिहिबार, २४ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान