हिमाल आरोही तथा लामेदुरीको रेस्क्यु बिषेशज्ञ छिरिङ धेन्डुक भोटे सम्मानित भएकाछन् । उन्लाई ७१ औ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले एक भव्य कार्यक्रमकाबीच सम्मानित गर्नुभएको हो । संखुवासभाको भोटखोला गाउँपालिका–२ थाङमुछयी गाङदोकका भोटेलाई लामो दुरीको रेस्क्यु बिषेशज्ञ उपाधिबाट प्रधानमन्त्री दाहालले सम्मानित गर्नुभएको हो ।

पर्वतीय पर्यटन र आरोहण क्षेत्रमा अविरामगतिमा उद्धार कार्यमा सकृय भोटे लामोदुरीको रेसक्युमा नेपालकै बिशेषज्ञका रुपमा छन् । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, पर्यटन मन्त्री हितबहादुर तामाङले भोटेले नेपालको पर्यटन क्षेत्रमा मात्र नभई रेसक्यु क्षेत्रमासमेत महत्वपूर्ण योगदान गरेको बताए । पछिल्लो समय नेपालका हिमाल आरोहणमा बिदेशी आरोहीको आकर्षण बढ्दै गएको उनीहरुको भनाई थियो । मुख्यमन्त्री कार्कीले भने सगरमाथा आरोहण गर्नु अघि ८ हजार मुनिका हिमाल आरोहण गर्नुपर्ने नियम बनाउन सुझाव दिएका थिए ।

सम्मानित भोटेले भने आरोहीहरुको संरक्षण राज्यले गर्न नसक्दा धेरै आरोहीहरु पलायन भएको भन्दै सरकारसंग सुविधा र संरक्षणको माग गरेका थिए । उन्ले यस्तै भए भोलिका दिनमा पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायिहरुको अभाव हुने सरकारलाई सचेत गराएका थिए । जलवायु परिर्वतनका कारण हिमालहरु कालो पत्थरका रुपमा परिणत हुदै गएको भन्दै हिमाल जोगाउन सरकार र निजी क्षेत्र लाग्न सुझाव दिएका थिए । उनी भोटखोला–२ स्थित थाङमुछेयी विकास समाजको सकृय सदस्यसमेत हुन् ।

बिहिबार, १७ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे