Trending
राष्ट्रिय वाणिज्य बैकका नवनियुक्त कार्यकारी प्रमुख देवेन्द्र रमण खनालले छरीएर रहेको स्रोत र साधनलाई व्यवस्थापन गरेर बैक अगाडी बढ्ने बताए । आज बधाई दिन पुगेका खनाल समाज सेवाका पदाधिकारीसंग बैकको मुख्य कार्यालय काठमाडौमा भएको भेटमा नवनियुक्त खनालले अहिलेको परिस्थितिमा देखिएका चुनौतिको सामना गर्दे बैक अगाडी बढ्ने बताए । उन्ले उद्यमशिलता र रोजगारीको अभिवृद्धि गर्दे आयआर्जनको कामलाई पनि बैकले प्राथमिकता दिने बताए ।
आफ्नो चार बर्षे कार्यकालमा बैकलाई अझ बलियो र बिश्वसनीय बनाउने चुनौति रहेको भन्दै आफूले हरमेशा सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । बिभिन्न क्षेत्र र तहमा आबद्ध खनालहरुले सफलता प्राप्त गर्दा खनाल सेवा समाजले शुभकामना आदान प्रदानका कार्यक्रम राख्दै आएको छ । खनालको नेपालको बैकीङ क्षेत्रमा महत्वपूर्ण भूमिका र दख्खल छ ।