संखुवासभाका सक्रिय पत्रकार भविन कार्कीले संखुवासभा खेलकुद पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजन तथा राष्ट्रिय समाचार समिति संखुवासभा समाचारदाता कार्की सम्मानित भएका हुन् । संखुवासभाको खाँदबारी नगरपालिका –३ मानेभञ्याङमा सम्पन्न जिल्ला लिग फुटबल प्रतियोगिताको समापन कार्यक्रममा ‘संखुवासभा खेलकुद पत्रकारीता पुरस्कार’ बाट सम्मानित गरिएको हो ।

पत्रकार कार्कीलाई खाँदबारी नगरपालिका नगर प्रमुख महेश थपलियाले दोसल्ला, कदरपत्र नगद रु २० हजार सहित प्रदान गरेका थिए ।
कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष भरतकुमार घिमिरेले खेलकुद क्षेत्रको विकास तथा जिल्लाका खेल गतिविधिलाई जनसमक्ष पुर्याएबापत पत्रकार कार्कीलाई पुरस्कृत गरिएको बताए ।

खेल क्षेत्रको विकास, विस्तारमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याएबापत सम्मान गरिएको अध्यक्ष घिमिरले बताए । पत्रकार कार्की संखुवासभा जिल्लामा रहेर खेलकुद आर्थिक,समाजिक लगायत विभिन्न क्षेत्रमा कलम चलाउँदै आउनु भएको छ । उनी एक दशक अघि देखि पत्रकारितामा आवद्ध छन् ।

आइतवार, १३ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे