स्वास्थ्य सेवा सबैकालागी भन्ने उद्धेश्यले रोटरी क्लब अफ राजधानीले आज एक कार्यक्रमकाबीच डायलायसिस् मेशिन प्रदान गरेको छ । मिर्गौलाबाट पीडित बिरामीलाई सेवा पु¥याउने उद्धेश्यले बि.एण्ड बी. हस्पिटललाई ६ वटा डायलायसिस् मेशिनहरु हस्तान्तरण गरेको हो । उक्त मेशिन रोटरी इन्टरनेशनल ग्लोबल ग्रान्ड मार्फत प्राप्त भएका हुन् । हस्तान्तरण समारोहमा रोटरी डिस्ट्रिक ३२९२ का पूर्व गभर्नर एवं प्लानलिड चेयर बासुदेव गोल्यानको प्रमुख आतिथ्यता तथा हस्पिटलका फाउन्डरद्धय डा. अशोक बाँस्कोटा र डा. जगदिश बैद्यको आतिथ्यतामा सम्पन्न भएको थियो । अस्पतालका संस्थापक डा. बैद्य एवं डा. बास्कोटाले पछिल्लो समय मिर्गौला रोगीहरुको संख्या बढ्दै गएको भन्दै जीवन बचाउने उपकरण प्रदान गरेकोमा रोटरी क्लब अफ राजधानीलाई धन्यवाद दिनुभएको थियो ।

 

देशै भरबाट आर्थिक रुपमा विपन्न विरामीहरु यो हस्पिटलमा डायलायसिस् गर्न आउने गरेका छन् । आज प्रदान गरेका मेशिनले डायलासिस् गर्नुपर्ने विरामीहरुले निःशुल्क रुपमा सेवा दिने बताईएको छ । डिआरएफसी कुमुद त्रिपाठीले संसारभरका रोटरीको योगदानबाट यो मेशिन उपलब्ध गराउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । असिस्टेन्ट गभर्नर राजभाइ सुवालले रोटरीले सधैं समुदायलाई सहयोग पु¥याउने बताउनुभयो । रोटरी क्लब अफ राजधानीले ग्लोबल ग्रान्ड अन्र्तगत प्रदान गरेको ६ वटा मेशिनले दैनिक १८ जना विरामीको डायलासिस् हुने गरेको छ । उक्त मेशिनहरुको लागत ५४ हजार ६ सय डलर बराबरको रहेको छ । रोटरी क्लव अफ राजधानीबाट प्राप्त ६ वटा डायलासिस मेशिनबाट २४ घण्टा सेवा दिएको अस्पताल प्रशासनले जनाएको छ ।

आइतवार, १३ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे