मुगुको रारा तालमा चालु आर्थिक वर्षको साउनदेखि वैशाख अन्त्यसम्ममा १० हजार ५७९ पर्यटकले भ्रमण गरेका छन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार ४३ जना सार्क मुलुकबाट र १९५ जना अन्य मुलुकबाट गरी कुल १० हजार ५७९ पर्यटकले रारा भ्रमण गरेका हुन्।

गत वर्षको आर्थिक वर्षमा ११ हजार १९१ आन्तरिक र विदेशी पर्यटकले रारा भ्रमण गर्न आएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकारी जयहरि धितालले बताए ।

गत वर्षको तुलना भन्दा यो आर्थिक वर्षमा पर्यटक बढ्दै गएको उनले जनाए । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म रारा आउने पर्यटकबाट सङ्कलन भएको प्रवेश शुल्क, डुङ्गा चढेको शुल्क र अन्य शुल्क गरी निकुञ्जले ३० लाख ६३ हजार ७९१ रुपियाँ राजस्व सङ्कलन गरेको छ । राजस्वमध्ये २५ लाख ३० हजार पर्यटकबाट र बाँकी पाँच लाख ३३ हजार ७८१ दण्ड, जरिबाना, काठ दाउरालगायतबाट सङ्कलन भएको जानकारी सूचना अधिकारी धितालले दिए ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयको निर्देशिका अनुसार रारा भ्रमणमा आउने आन्तरिक पर्यटकले रारामा प्रवेश गरेबापत प्रतिव्यक्ति एक सय रुपियाँ, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र त्यसै गरी सार्क मुलुकबाहिरका पर्यटकबाट प्रतिव्यक्ति तीन हजारका दरले कार्यालयले प्रवेश शुल्क लिने गरेको छ ।

यस्तै डुङ्गा चढ्ने प्रतिव्यक्ति पाँच सयका दरले शुल्क उठाउने गरिएकोमा २० प्रतिशत निकुञ्जको कार्यालयमा, बाँकी रहेको ८० प्रतिशतमा ४०–४० प्रतिशतका दरले डुङ्गा चालक र मध्यवर्ती क्षेत्र विकास समितिले लिने गरेका राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत राजु घिमिरेले बताए । चैत, वैशाख, असोज र कात्तिक महिनामा रारा अवलोकनका लागि उत्तम मानिन्छ ।

आइतवार, १३ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा