फोटो पत्रकार तथा हिमाल आरोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तेस्रो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएकी छिन् । आज शनिबार बिहान ५ः५० बजे उनले सगरमाथाको सफल आरोहण गरेको एट–के एक्सपेडिसनले जानकारी दिएको छ । सगरमाथा आरोहणका हिसाबले यो उनको चौथो आरोहण हो ।

यससँगै एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने उनी पहिलो महिला बनेकी छन् । उनले यसअघि यही सिजनको मे १२ दोस्रोपटक र मे १९ मा तेस्रोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् । गोरखा आरुघाट गाउँपालिका–१० की श्रेष्ठले विश्वका दर्जनौँ हिमशिखर आरोहण गरिसकेकी छन् । उनले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् ।

विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गएको साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको सफल आरोहण गरेकी थिइन् । उनले नेपालमा रहेका ८ हजार मिटरभन्दा बढी उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन् । पूर्णिमाले पहिलोपटक ८ हजार मिटरको हिमाल यात्रा गृहजिल्ला गोरखास्थित मनास्लुबाट सुरू गरेकी थिइन् । २०७४ मा उनले मनास्लुको सफल आरोहण गरेकी थिइन् । त्यसपछि श्रेष्ठले अन्नपूर्ण र धौलागिरी आरोहण गरिन् । उनी अन्नपूर्ण र धौलागिरी आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन् ।

शनिबार, १२ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा