नेकपा एकीकृत समाजवादीले संसद गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय आलोक नगरमा बसेको सचिवालय बैठकमा सदनको गतिरोध हटाउन प्रधानमन्त्री, गृहमन्त्री र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको दाबी गर्दै संसदीय छानबिन समिति बनाउन माग राख्दै सदन अवरोध गर्दै आइरहेको छ ।

समिति बनाउन सत्तापक्ष पनि तयार भए पनि टीओआरमा कुरा मिल्न सकेको छैन। कांग्रेसले गृहमन्त्रीको नाम नै किटान गरेर समिति बनाउनुपर्ने अडान राखेको छ ।

यस्तै, बैठकले महाधिवेशनका लागि तयार पारेको दस्ताबेज जेठ १५ गते जिल्ला तहमा पठाउने र अर्को बैठक जेठ १४ गते बस्ने निर्णय गरेको छ ।

बैठकले महाधिवेशनको तयारीका लागि खाद्य, आवास प्रचारलगायतको व्यवस्थाका सबै पक्षमा छलफल भएको प्रवक्ता खतिवडाले बताए ।

 

बिहिबार, १० जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा