उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै तरूण दलले मसाल जुलुस निकालेको छ ।

सोमबार काठमाडौंको बत्तीसपुतलीदेखि गौशालासम्‍म गृहमन्त्री लामिछानेको राजीनामा माग्दै तरूण दल काठमाडौंले मसाल जुलुस निकालेको हो ।

साथै सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको तरूण दल काठमाडौंका सचिव दिनेश विक्रम शाहले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘गृहमन्त्री ज्‍यूको सहकारीमा ठगी गर्नु भएको कागजात नै सार्वजनिक भइसकेपछि पनि कारबाही नगर्नुले सरकार सहकारी ठगहरूको संरक्षण गरिरहेको अनुभूति भइरहेको छ। सहकारी ठगलाई सरकारले नै जोगाएर राखेको छ । त्यसकारण गृहमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ, नभए काठमाडौंको विभिन्‍न ठाउँमा आन्दोलन हुन्छ। ‘

उनीहरूले ‘सहकारी ठगलाई कारबाही गर, रवि लामिछाने होइन ठगी लामिछाने, सहकारी ठगलाई नाकको डाँडी भाँचिने गरी कहिले हान्‍ने ?, गजब छ बा !, बा गिरीबन्धुमा भ्रष्टाचारी, छोरा सहकारी ठग’ लगायतका नारा लगाएका थिए ।

गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे जवाफ दिंदै आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए ।

 

सोमवार, ७ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा