काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ। गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आव्हान गरिएको थियो।

महानगरपालिकाका अनुसार यस सूचनाका आधारमा २०५ जनाको आवेदन परेको थियो। आवेदकमध्ये १७७ जना छनोट गरेर चैतन्य एकेडेमीसँगको सहकार्यमा कक्षा सुरु गरिएको हो।

यसरी कक्षा लिनेमा ७२ जना नायब सुब्बा र खरिदार पदका लागि छन्। यस्तै १०५ जना शाखा अधिकृत पदका लागि छन्। आज कार्यक्रम थालनी गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले व्यवस्थित समाज निर्माण र समृद्ध नगर निर्माणका लागि पूर्वाधार विकास र सामाजिक विकाससँगै बौद्धिक विकासका कार्यक्रम एकै पटक सञ्चालन गर्न थालिएको बताए।

‘युवाहरूको बौद्धिक क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्ने नेतृत्वको नीति कार्यान्वयन तहमा आएको छ,’ उनले भने, ‘महानगरवासीहरूमा राष्ट्रसेवक कर्मचारी बन्ने अभिलाषा वृद्धि गराउन, लोक सेवाबाट लिइने परीक्षामा सफल हुने वातावरण बनाउन लोक सेवा तयारीको कक्षा गरिएको हो।’

नेपाल सरकारका पूर्व सचिव एवं कक्षाका स्रोत व्यक्ति गोपीनाथ मैनालीले, वौद्धिक क्षमता र सिर्जनात्मक लेखन सीप भएका व्यक्तिले सजिलै लोकसेवा उत्तीर्ण गर्न सक्ने धारणा राखे।

‘यसमा व्यक्तिको होइन, क्षमताको मूल्याङ्कन गरिन्छ । यसकारण सबैका लागि समान अवसर छ,’ मैनालीले भने,‘तालिम लिने व्यक्तिले भौतिक रुपमा कक्षामा उपस्थित हुनैपर्छ, यसमा अनलाइन कक्षा लिने सुविधा छैन।’ सामाजिक विकास विभागका प्रमुख विमला कोइरालाले कक्षाबीचमा छोड्ने छुट कसैलाई नभएको बताए। ‘यदि कसैले कक्षा छोड्यो भने त्यसबापतको शुल्क भुक्तानी गर्नुपर्नेछ,’उनले भने।

तालिम संयोजक रितु कर्णका अनुसार तालिम आउँदो भाद्र महिनासम्म चल्नेछ। तालिममा महानगरपालिकाको स्थायी बासिन्दा, महिलाको हकमा ४० वर्ष र पुरुषका हकमा ३५ वर्ष उमेर पूरा नभएकालाई कक्षामा सहभागी गराइएको छ।

आइतवार, ६ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे