प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरूबीच धकेलाधकेल भएको छ । धकेलाधकेलपछि सभामुख देवराज घिमिरेले बैठक शुक्रबार ११ बजेसम्मकन लागि स्थगित गरेका छन् ।

सभामुख घिमिरेले कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि धकेलाधकेलको अवस्था आएको हो ।

सभामुखले गृहमन्त्रीलाई समय दिएपछि कांग्रेस सांसदहरूले वेल घेराउ गरेका हुन् । कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछानेलाई रोष्ट्रममा जानबाट रोक्दै नाराबाजी गरे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु सांसदहरूले लामिछानेलाई रोष्ट्रममा जान आग्रह गरेपछि विवाद उत्पन्न भएको थियो । त्यसपछि सभामुख घिमिरेले संसद बैठक स्थगित गरेका थिए ।

बिहिबार, ३ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !