नेपाली कांग्रेस निकट नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध र्‍याली निकालेको छ। सहकारीको रकम अपचलनको आरोप खेपेका गृहमन्त्री लामिछानेविरुद्ध तरुण दलले सहकारी पीडितको पक्षमा प्रदर्शन गरेको हो।

तरुण दल केन्द्रीय कार्यसमितिले सहकारी पीडितहरुको पक्षमा र सहकारी ठगीविरुद्ध माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालेको छ। र्‍यालीमा सहभागीहरूले गृहमन्त्री लामिछानेविरुद्ध नाराबाजी गरेका थिए।

आज नै कांग्रेसको भातृ संस्था नेविसंघले पनि लामिछानेविरुद्ध प्रदर्शन गरेको छ। प्रदर्शनमा नेविसंघले गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेको छ।

गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा ओलीले पनि जोगाउन खोजेको, गिरीबन्धु चिया बगानको जग्गाको सम्बन्धमा एमाले अध्यक्ष ओली दोषी रहेको आरोप नेविसंघका कार्यकर्ताहरूले लगाएका छन्।

बुधबार, २ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे