रारा घुम्न आउने पर्यटकले अब प्लास्टिकका झोलालगायत प्लास्टिकजन्य वस्तु ल्याउन नपाउने भएका छन् । ताल क्षेत्रमा फोहोर हटाई निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने लक्ष्य राखिएको छ । रारा घुम्न आउने पर्यटकले अब प्लास्टिकको सट्टा कपडाको झोला बोक्नुपर्ने हुन्छ।

रारा राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेका अनुसार पर्यटकले लिएर आउने प्लास्टिकका झोला, प्लास्टिकजन्य वस्तुहरूमा प्याकिङ गरेका खानेकुरा तथा बोतलहरू निकुञ्जभित्रै फालेर जाने गरेका कारण फोहोर बढेकाले यस्तो नियम लगाइएको हो ।

जेठ १ गतेदेखि लागू हुने गरी निकुञ्जभित्र लगिएका पानीका बोतल, प्लास्टिकका झोला र प्लास्टिकजन्य वस्तुहरूमा प्याकिङ गरेका खानेकुरा फिर्ता ल्याएर काउन्टरमा बुझाउने नियम लागू गरिएको र निकुञ्जभित्र छिर्नुअघि झोलाको जाँच गरेर इन्ट्री गर्ने व्यवस्था गरेको उनको भनाइ छ ।

तालवरिपरि फोहोर नहोस् भनेर फर्किँदा निकुञ्जभित्र लगिएका पानीका बोतलहरू, प्लास्टिकका झोला, प्लास्टिकजन्य वस्तुहरूमा प्याकिङ गरेका खानेकुराहरू खाएर प्लास्टिक बुझाउनुपर्ने नियम लागू गरिएको र लगिएका पानीका बोतलहरू, प्लास्टिकका झोला र प्लास्टिकजन्य वस्तुहरूमा प्याकिङ गरेका खानेकुराहरू खाएर प्लास्टिक चेकपोस्टमा नबुझाए जरिवानासमेत गरिने उनले बताए ।

लामो समयदेखि निकुञ्ज कार्यालयले प्लास्टिक न्यूनीकरण अभियान सञ्चालन गरे पनि प्रभावकारी नभएपछि यस्तो नियम लागू गरिएको उनले बताए । रारा घुम्न आउने पर्यटकले मात्र होइन, निकुञ्जभित्र बस्ने नेपाली सेना र निकुञ्जका कर्मचारीले पनि प्लास्टिकका झोला, खानेकुराका प्याकेट, खोललगायतका सामग्री जथाभावी फाल्न नपाउने नियम लागू गरिएको छ ।

यस अभियानलाई सफल पार्न सूचना बोर्ड, पोस्टर र स्टिकर प्रयोग गर्ने तयारी निकुञ्ज कार्यालयले गरेको छ। निकुञ्जभित्र प्रवेश गर्ने चारवटा प्रवेशद्वार छन्। सल्लेरी, लामाचौर, ताल्चा, माझघट्टबाट रारा प्रवेश गर्न सकिन्छ।

बुधबार, २ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा