Trending
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन भएका छन्।
वसन्त ऋृतुको जारी आरोहणमा सगरमाथाको चुचुरोतर्फ लागेका मङ्गोलिन नागरिक ५३ वर्षीय युखजर्गल सिडेनडम्बा र ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ सम्पर्कविहीन भएको विभागको आधार शिविरमा रहेको फिल्ड कार्यालयलाई जनाएको छ।
मौसम अनुकूलताकैबीच वैशाख ३१ गते बिहान ८ : ४५ बजे दुवै आरोही सगरमाथाको चौथो शिविरबाट चुचुरोतर्फ लागेको जनाइएको छ।
आरोहण व्यवस्थापन गर्ने एजेन्सीसँगको सहकार्यमा सम्पर्कविहीन दुवै आरोहीको हराएका सम्भावित माथिल्ला शिविरमा खोजी जारी रहेको पर्वतारोहण अनुगमन तथा सहजीकरण समिति, खुम्बु क्षेत्रका सदस्य सचिव एवं पर्यटन विभागको फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमले जानकारी दिएका छन्।