यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रममा पनि वृद्धि हुने उसको प्रक्षेपण छ । यो मनसुनमा सरदरभन्दा बढी वर्षा र तापक्रम पनि सरदरभन्दा बढ्ने भएकाले मौसमी घटनामा पनि उल्लेख्य वृद्धि हुनसक्ने विभागको भनाइ छ ।

राष्ट्रिय मनसुन फोरमले आगामी मनसुनी अवस्थाबारे सोमबार आयोजित कार्यक्रममा विभागका मौसमविद् सुदर्शन हुमागाईँले अधिकांश स्थानमा सरदरभन्दा ३५ दशमलव चार प्रतिशतदेखि ५५ दशमलव चार प्रतिशत अधिक वर्षा हुने सम्भावना रहेको जानकारी दिएका हुन् ।

कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभाग,बागमतीको दक्षिण पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिम भूभागमा बढी वर्षा हुनेछ । उक्त सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको विभागको बुलेटिनमा उल्लेख छ ।
विभागले अधिकतम तापक्रम पनि अधिकांश स्थानमा ३५ देखि ६५ प्रतिशत बढी हुने सम्भावना औल्याएको छ । न्यूनतम तापक्रम पनि सरदरभन्दा ३५ देखि ६५ प्रतिशतसम्म बढी हुने अनुमान विभागको छ ।

सामान्यतया नेपालमा जुन १० देखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखसम्म कायम रहन्छ । तर मौसममा आएको फेरबदलले मुनसुनी चक्र पछाडी धकेलिँदै गएको छ । गत वर्ष पनि सरदर मितिभन्दा एक दिन ढिला गरी जेठ ३१ मा भित्रिएको मनसुन १३ दिन ढिलोगरी असोज २८ मा बाहिरिएको थियो ।

सोमवार, ३१ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा