हिमालय भोटे समाजको अध्यक्षमा मिथुन चाङ्वा भोटे निर्वाचित भएकाछन् । हिजो काठमाडौमा हिमालय भोटे समाजको २० औ साधरणसभा तथा १० औ अधिवेशनबाट भोटे अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । हिमालय भोटे समाजका संस्थापक अध्यक्ष तेम्बा भोटेको प्रमुख आतिथ्यता तथा निर्वतमान अध्यक्ष जम्लिङ भोटेको सभापतित्वमा भएको अधिवेशनले उपाध्यक्षमा ठिजुङ भोटे, महासचिवमा तेम्बा भोटे र सचिवमा रिनेन भोटेलाई पनि सर्वसम्मत निर्वाचित गरेको छ ।


सदस्यहरुमा निशा भोटे,फुटिक भोटे, ङिमा छिरीङ भोटे र पोन्डुक भोटे सर्वसम्मत भए । संखुवासभा जन्मथलो भई काठमाडौलाई कर्मथलो बनाएर बसोबास गर्दे आएका भोटे समुदायको मुल संस्थाको रुपमा हिमालय भोटे समाजले काम गर्दे आएको छ । यो संस्थाले २०५९ सालदेखि स्थापना भएर भोटे समूदायको हक, अधिकार, शिक्षा, स्वास्थ्य र बिकासको क्षेत्रमा काम गर्दे आएको छ । युवा नेताको रुपमा बिभिन्न काम गर्दे आएका मिथुन चाङ्वा भोटे पछिल्लो समय सामाजिक काममा पनि सकृय छन् । भोटे नेपाल भोटे जनजाति सेवा संघको सल्लाहकार समेत हुन् ।

आइतवार, ३० बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा