समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । वैशाख दोस्रो साताभित्र अदुवा लगाई सकिने भए पनि यस पटक पानी नपर्दा अदुवा लगाउन नसकिएको देवघाट–३ छिपछिपेका अदुवा उत्पादक कृषक रामबहादुर थापामगर गुनासो गरे ।

अदुवा बिक्रीबाट गत वर्ष मात्रै करिब दुई लाख हात पारे पनि यस पटक समयमा नै पानी नपर्दा चिन्ता थपिएको उनको भनाइ छ । आफूहरुको गाउँका करिब २० घरका मानिसले गत वर्ष अदुवा बिक्री गरेर प्रतिपरिवार ५० हजारदेखि दुई लाख रुपैयाँसम्म हात पारे पनि यस पटक मकै गोड्ने बेलासम्म पानी नपर्दा चिन्ता थपिएको थापामगरको दुखेसो छ ।

अदुवा उत्पादनको लागि देवघाट, ऋषिङ, घिरिङ र भिमाद गाउँपालिकालाई पकेट क्षेत्र मानिन्छ । तनहुँमा उत्पादित अदुवाको बजार भारत हो ।

अदुवाको सुठो र गाठो किन्न भारतीय व्यापारी घरमै आउने भएकाले पनि आफूहरु अदुवा खेतीतर्फ आकर्षित भएको छिपछिपेका अर्का कृषक इन्द्रबहादुर रानाले बताए ।

भारतीय व्यापारीले तनहुँ र नवलपरासीको पहाडी क्षेत्रबाट सङ्कलित अदुवा नवलपुरको दलदलेमा सङ्कलन डिपो राख्ने र त्यहाँबाट ट्रकमा भारत लैजाने गर्छन् ।

गत वर्ष प्रति केजी करिब ७० देखि ८० रुपैयाँमा अदुवा र बीउको करिब एक सयमा बिक्री गरेकोमा यस पटक पानी नपर्दा रोप्न नपाएको रानाको भनाइ छ ।

आर्थिक वर्ष २०७९–२०८० मा जिल्लामा पाँच सय २२ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकोमा पाँच हजार छ सय ५४ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि प्रसार अधिकृत गोपाल शर्मा लामिछानेले जानकारी दिए ।

केन्द्रले अदुवा उत्पादक कृषक समूह र सहकारीलाई बीउ खरिदमा ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरे पनि पानी नपर्दा अदुवा रोप्ने कार्यक्रम प्रभावित भएको वरिष्ठ कृषि प्रसार अधिकृत लामिछानेले बताए ।

सोमवार, २४ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !