जनता समाजवादी पार्टी विभाजित भएको छ। पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।

उपेन्द्र यादव नेतृत्वको जसपाका संघीय संसद्‍मा १२ जना सांसद छन्। अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संघीय परिषद्का अध्यक्ष राईको नेतृत्वमा पार्टी विभाजित भएको हो।

संघीय संसद्का ७ जना सांसदसहित २९ जना केन्द्रीय कार्यकारीणी सदस्यले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

विभाजित दलमा सहभागी हुनेमा संघीय सांसदहरूमा अशोक राई, सुशीला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, विरेन्द्र महतो र हसिना खान छन्। ७ सांसद विभाजित भएपछि जसपा नेपालको यादव पक्षमा ५ सांसदमात्र बाँकी हुनेछन्।

राईको नेतृत्वमा गठित पार्टीको नाम ‘जसपा’ मात्र राखिएको छ। स्वास्थ्य मन्त्रीसमेत रहेका जसपा अध्यक्ष यादव भने अहिले अमेरिकामा छन्। अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव गत शनिबार अमेरिका प्रस्थान गरेका थिए।

यादव मे ७ अर्थात् यही मंगलबार स्वदेश फर्किने कार्यक्रम छ। आफ्नो अनुपस्थितिमा अध्यक्ष यादवले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका छन्।

आइतवार, २३ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे