लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका ३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्थानीयले वैकल्पिक स्रोत खोजेका छन्।

पानीको स्रोत भएको स्थान खुर्वादीबाट लिफ्टिङ गरेर बर माझथरको सिरान हुडिकोटसम्म पुर्‍याइएको पानी यहाँका ११३ घरधुरीले उपयोग गरिरहेकोमा खडेरीका कारण पानीको स्रोत कम हुन थालेको स्थानीय युवा एवम् पावनडाँडा छविसे सामुदायिक बन उपभोक्ता समूहका सदस्य परमेश्वर पौडेलले राससलाई जानकारी दिए।

उनका अनुसार उक्त योजनाअन्तर्गत हाल रहेको पानीको स्रोत खडेरीका कारण सुक्दै गएपछि दैनिक खानेपानी आपूर्तिमा समस्या आएका कारण वैकल्पिक स्रोतको खोजी गरिएको हो।

‘वैकल्पिक स्रोत खोज्ने क्रममा खुर्वादीको हालको खानेपानीको मूल रहेको स्थानबाट नजिकै अर्को स्थानमा पानीको स्रोत फेला परेको छ’, उनले भने, ‘उक्त स्थानको पानीसमेत मूल ट्याङ्कीमा जम्मा गरी स्रोत बढाउन लागेका हौँ।’

स्थानीयवासीको जनश्रमदानमा वैकल्पिक पानीको स्रोत खोजिएको पौडेलले जानकारी दिए। लामो समयको खडेरीले ग्रामीण क्षेत्रका अधिकांश स्थानका परम्परागत पानीका मूल तथा कुवा सुक्दै गएको स्थानीयवासी बताउँछन्।

ठाउँठाउँमा लागेको डढेलोका कारण कतिपय स्थानमा पानी ल्याइएका पाइप डढ्दा पनि समस्या बढ्दै गएको छ। रासस

आइतवार, २३ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे